विराटनगर, माघ ४ गते । सीजी मोटर्सले विराटनगरमा एक्स्ट्रिम सिरिज अन्तर्गत दुई नयाँ मोटरसाइकलहरु, एक्स्ट्रिम १२५ आर र एक्स्ट्रिम १६० फोरभी आरको क्षेत्रीय ग्राण्ड सञ्चिंग गरेको छ।
सञ्चिंग कार्यक्रमका प्रमुख अतिथि नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेश समितिका अध्यक्ष राजेन्द्र राउत लगायत विशिष्ट अतिथि र अतिथिहरूले संयुक्त रूपमा अनावरण गरेका थिए ।
प्रमुख अतिथि राउतले भने नेपालमा महगो-महगो सवारी साधनहशरू भित्रिन्छन तर नेपालीको बाटो-घाटाे साे अनुसार नभएका कारण सवारीसाधनहरू चाडै विग्रिने भएकाेले बाटाेघाटाे राम्राे बनाउन सरकारलाई आग्रह गरेका थिए ।
नयाँ मोटरसाइकलहरु सार्वजनिक गर्न आयोजित कार्यक्रममा विराटनगर महानगरपालिकाकी उपप्रमुख शिल्पा निराला कार्की लगायत उद्योगी व्यवशायी, पत्रकार र ग्राहक तथा आम सर्वसाधारण समेतको समुपस्थिती रहेको थियो।
साथै, कार्यक्रममा गायक निशान भट्टराई लगायत अन्य कलाकारहरुको रोमाञ्चक परफरमेन्स पनि रहेको थियो ।हिरो मोटोकर्पले एक्स्ट्रिम रेंजमार्फत नेपालका आधुनिक राइडरहरूको परिस्कृत माग तथा आवश्यकताहरू पूरा गर्दै शक्तिशाली, आकर्षक र उत्कृष्ट प्रदर्शन-आधारित मोटरसाइकलको चाहना पुरा गर्ने उद्देश्य लिएको छ । एक्स्ट्रिम १६० आर फोरभी र एक्स्ट्रिम १२५ आरले नेपालमा हिरो मोटोकर्पको नयाँ ब्रान्ड पहिचानलाई थप सशक्त बनाउनेमा कम्पनी विश्वस्त छ ।
एक्स्ट्रिम १६० बार फोरभी (प्रो) को मूल्य रु. ३,८४,९०० र एक्स्ट्रिम १२५ आरको मूल्य सीबीएस भेरियन्टका लागि रु.२,८९,९०० र एबीएस भेरियन्टका लागि रु. ३,११,९०० तोकिएको छ । सार्वजनिक यी दुबै मोडेलहरू नवलपरासीस्थित सीजी इन्डस्ट्रियल पार्कमा रहेको अत्याधुनिक असेम्ब्ली प्लान्टमा एक्सपल्स २०० फोरभी, सुपर स्प्लेन्डर, स्प्लेन्डर प्लस मोटरसाइकलहरू र जुम ११० स्कूटरसँगै असेंम्बल गरिएको कम्पनीले जानकारी दिएको छ ।
क्राइम अपरेशन साप्ताहिक
बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल
०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३
Email: [email protected]