राजेश कुमार राजवंशी
विराटनगर, माघ १ गते । विराट राजवंशी समुदायले जहदा गाउँपालिका-३ बभनटोलिमा तिला सुकरात पर्व भव्यताका मनाएका छन् ।
तिला सुकरात कार्यक्रमको प्रमुख अथिती जहदा गाउँपालिका अध्यक्ष जितेन्द्र नारायण साहले शुभकामना मन्तव्य दिदै भने विराट राजवंशीहरुको तिला सुकरात मनाउने छुटै परम्परा रहेकोले भेष भुषा , कला संस्कृति जोगाउनका निम्ति तिला सुकरात कार्यक्रम मनाइएको छ । विराट राजवंशीलाई संरक्षण सम्बर्द्धन गर्नका लागि सहयोग गर्ने प्रतिवद्वता जनाए ।
सुकरात पर्वको अवसरमा विराट राजवंशी उत्थान समितिले आयोजना गरेको कार्यक्रममा तिल खिचडी, भुजाकाे लड्डु, चुराकाे लड्डु तिलको लड्डु खाएर शुभकामना आदान-प्रदान गरेका छन ।
राजवंशी समाज उत्थान समिति केन्द्रिय सदस्य सिधुलाल राजवंशीले तिला सुकरात पर्वको सांस्कृतिक तथा धार्मिक महत्त्वका बारेमा जानकारी गराए । माघ १ बाट एउटा तिल बराबर प्रत्येक दिन लामो हुने र जाडो घट्दै जाने भएकाले पर्वका रूपमा तिला सुकरात मनाउँदै आएका छौं ।
उनले भने, ‘यो पर्वको अवसरमा हिन्दु धर्मावलम्बीले बिहानै स्नान गरेर कुलदेवतालाई पूजा गरी दूधमा मुछेको तिल, सक्खर र चामलको प्रसाद ग्रहण गरेर भोजन गर्ने परम्परा छ ।’
पुसभरिको जाडोमा स्नान नगर्नेले पनि यस दिन स्नान गरेर भोजन गर्ने परम्पराले छालासम्बन्धी रोग निको हुने जनविश्वास रहेको उत्थान समितिका अध्यक्ष भुनेश्वर मण्डल राजवंशीले बताए । अहिलेको सूचना प्रविधिको युगमा सांस्कृतिक महत्त्वका पर्वहरूको बारेमा नयाँ पुस्तामा सचेतना जगाएर पुस्तान्तर गर्नु आवश्यक भएको वहँकाे भनाइ थियो ।
कार्यक्रममा उत्थान समिति केन्द्रिय उपाध्यक्ष प्रदीप विश्वास राजवंशीले विराट राजवंशी समुदायको सांस्कृतिक उत्थानको दायित्व युवाको काँधमा आएको बताए ।
विराट राजवंशी समिति मोरङ जिल्ला सचीव राजेश कुमार राजवंशीले विराट राजवंशीको उत्थान फुटेर नभई सबैले जुटेर गर्नु आवश्यक भएको बताए । ‘मुलुकमा आएको संघीयताले सबै जात, धर्म, समुदायलाई आ–आफ्नो विकासका लागि अवसर प्रदान गरेको छ,’ उनले भने, ‘त्यसैले प्राप्त राजनीतिक अधिकारलाई उपयोग गरी विराट राजवंशी समुदायको उत्थानमा लाग्नुको विकल्प छैन । तिला सुकरात पर्व विसश्वमान राजवंशीको अध्यक्षतामा सम्पन्न भएकाे थियाे ।
क्राइम अपरेशन साप्ताहिक
बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल
०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३
Email: [email protected]