विराटनगर, माघ १ गते । बाँतर समुदायले विभिन्न कार्यक्रमको आयोजनागरी देशैभरी माघेसंक्रान्ति पर्व धुमधामका साथ मनाएका छन् ।
मोरङको धनपालथान गाउँपालिका–५ स्थित दादरवैयालगायत देशैभरी छरिएर रहेका बातर समुदायहरुले आफ्ना धर्म संस्कृति संरक्षण गर्ने उदेश्यले विभिन्न कार्यक्रमको आयोजना गरी माघेसंक्रान्ति पर्व मनाएका हुन् ।
माघेसंक्रान्तिका दिन बातर समुदायहरुले आफ्नो कुल देवतालाई पूजाआजा गरी सरदार (मुखिया) को घरमा गई गाउँका पैरजनहरुले तिलको लड्डु, भुजाको लड्डु, चिउराको लड्डु र सुंगुर वा बाख्राको बली दिई गेंड बाबालाई सामूहिक पूजाआजा गरी माघेसंक्रान्ति पर्व मनाउने परम्परा रहेको छ ।
संदियौदेखि बाँतर जातिका मानिसहरुले हिन्दु रितीरिवाज अनुसार माघ १ गते माघेसंक्रान्तिका दिन सरदार (मुखिया)को घरमा सामूहिक पूजा गर्ने चलन रहेको नेपाल बाँतर सरदार समाज कल्याणकारणी मिति मोरङका सभापति गयानन्द सरदार बाँतरले बताए ।

पूजा सम्पन्न भएपछि सवै पैरजन सदस्यहरुलाई प्रसादीको रुपमा सुगुरको मासु बाड्ने र सरदार (मुखिया) को घरमा मासुको परिकार बनाई सामूहिक भोज खाने प्रचलन रहेको रहेकाेछ ।
बाँतर जातिका मानिसहरुको इष्टदेव गेड सिंह सरदार बाँतर हुन् । उनी चमत्कारी थिए जहाँ दुःख हुन्छ, त्यहाँ सुख दिन उनी चमत्कारी रुपमा देखा पर्ने गर्थै यस सम्बन्धमा एउटा भनाई प्रचलनमा छ ।
बाँतर समुदायका मानिसहरुले शिकार गर्ने क्रममा अषाढ मसान्तमा निल गाई मारेका थिए । त्यही निल गाई मारेकाले गौ हत्या लाग्ने डरले महराज गेड सिंह सरदारको शरणमा पुगेर आफूहरुलाई गौहत्याको पापबाट मुक्त पार्नका लागि अषाढ १ गते गर्ने पूजालाई माघ १ गते बाँतर जातिले माघेसंत्रान्तिको अवसरमा पूजा गर्न थालेको अर्का बाँतर जातिका अगुवा गुनसी सरदार बाँतरले बताए ।
बाँतरहरुलाई महराजले मृत गाईलाई सेतो कपडाले छोप्न लगाएका थिए । केहि समयपछि छोपेको कपडा उघारदा त निल गाई ठूलो सुगुरको रुपमा परिणत भयो र त्यसपछि गौहत्या नभइ सुगुर हत्या भएको पुष्टि भयो र बातर जातिलाई पापबाट इष्ट देव गेंड सिंह बाबाले मुक्त गरीदिएको उहाँकाे भनाई छ ।


त्यही दिनदेखि महाराजलाई आफ्नो पुर्खाको रुपमा मानी अषाढ १ गते सुगुरको बली दिने प्रचलनको सुरुवात भएको थियो । उद्दपुरका झल्लु सरदारका छोरा भोगो सरदार र उनका छोरा गेंडसिंको पुस्तादेखि गेड सिंह बाबाको पूजा गर्ने चलन रहेको नेपाल बाँतर सरदार समाज कल्याणकारणी सममितिका केन्द्रीय सभापति मोहनलाल सरदारले बताए ।
आफ्नो घरपरिवारमा सुख शान्तिको कामना गरी वर्षभरी राम्रो दिन रहोस भनी माघेंसंत्रान्ति पूजासंगै बाँतर जातीको भेषभुष झल्कने पहिरणमा सांस्कृति कार्यक्रम समेत प्रस्तुत गरेका छन ।
माघेसंक्रान्ति कुन जातिले मनाउने पर्व हो । अहिले सम्म सरकारले सुचिकृत गर्न सकेको छैन् । तसर्थ माघेसंक्रान्ति बाँतर जातिले मनाउने मुख्य पर्व रहेको जातिका इतिहास विद्हरुले दावि गरेका छन् । अन्य जातिहरुले पनि माघेसंक्रान्ति मनाएका छन् ।

सम्पर्क

क्राइम अपरेशन साप्ताहिक

बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल

०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३

Email: [email protected]