बुढीगंगा गाउँपालिका वडा नं. १ का स्थानीय वासीद्धारा आन्दोलन गर्ने चेतावनी
विराटनगर, पुस २८ गते । मोरंगको बुढीगंगा गाउँपालिका वडा नं. १ टंकी चौक देखिको वाढीको पानीलाई दुई किलो मिटर पूर्वमा रहेको खदरा खोला मार्फत सिंघिया खोलामा मिसाउने गरी भई रहेको एकलौटी निर्माण कार्य शुरु भए आन्दोल गर्ने स्थानीय वासीले चेतावनी दिएका छन् ।
बुढीगंगा–१ का स्थानीय वासीहरुले नेपाल पत्रकार महासघ मोरंग शाखाको सभाहलमा पत्रकार सम्मेलन गरी सो निर्माण कार्य माघ २ गते देखि शुरु हुने सुनेका छौ सोही दिन देखि शान्ति पूर्ण आन्दोलन गर्ने चेतावनी स्थानीय सुनिल केसीले दिए ।
स्थानीयले भने हरेकवर्ष सिंधिया खोलामाआउने बाढीको कटान र डुबानको जोखिमले गर्दा दजनौ घर परिवार विस्थापित र सयौ घरपरिवार जोखिममा पर्दै आएको छ । अझै सिंधिया नदीमा खदरा खोलामार्फत बाढीको पानी मिसाउँदा हुने डुबान र कटानले गर्दा प्रभावित क्षेत्रमा बस्ने बुढीगंगा–१ का बासीन्दा मात्रै नभएर विराटगर महानगरपालिका–१९ र कटहरी–१ माबसोवास गर्ने तटिय क्षेत्रका बासिन्दाहरुको समेत उठीबास लाग्ने निश्चित छ ।
विना सरकारी योजना, विना डिपीआर र वतावरण प्रभाव मुल्यांडकन समते नगरी स्थानीय वासीलाई कुने जानकारी नगराई सुटुक्क उपभोक्ता समिति बनाएर ७ विगहा निजी जग्गा उकासन सयौ घरपरिवारलाई डुवान र कटानमा पारेर उठिबास लगाउन खोजेको भन्दै स्थानीयले विरोध जनाएका छन् ।
हामी प्रभावित क्षेत्रका बासिन्दाले निर्माण कार्य अगाडी नबढाउन वडा र पालिका प्रमुखलाई समेत चेतावनी सहित ध्यानआर्कषण पत्र पनि बुझाई सकेका छौ समस्यालाई वेवास्ता गरे चरणबद्ध आन्दोलन घोषणा गरेर निर्माण स्थलमै धर्ना बस्ने सियाराम माझीले वताए ।
विना सरकारी योजना खदरा खोला र सिंधिया नदीमा बाढी मिसाउने अपारदर्शी निर्माण कार्य तुरुन्तबन्द गर, खदरा खोला र सिंघिया खोलामा दिगो तटबन्ध गर, गाउँपालिकाको एकलौटी अपारदर्शी कार्य मान्य छैन, सरकारी योजना सहित डिपिआार, वतावरणीय प्रभाव मुल्याडकन प्रतिवेदन र पालिका परिषद अनि उपभोक्ता समितिको निर्णय सार्वजनिक गर लगायतका माग राखेको स्थानीय दिल कुमारी अधिकारीले वताईन ।
क्राइम अपरेशन साप्ताहिक
बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल
०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३
Email: [email protected]