सुनसरी, पुस २६ गते । सुनसरी जिल्लाको छुट्टा छुट्टै स्थानबाट लागुऔषध ओसार पसारमा संलग्न रहेको आरोपमा ९ जनालाइ प्रहरीले पक्राउ गरको छ ।
ट्रामाडोल ४२ हजार ६ सय क्याप्सुल सहित २ जना र वेचविखन तथा ओसार पसारमा संलग्न ७ जना जना गरी ९ जनालाई विहीवार प्रहरीले पक्राउ गरेको थियो ।
प्क्राउ पर्नेमा धरान–८ स्थितमा डेरा गरी बस्दै आएका हरीनगर गाउँपालिका–४ का ३१ बर्षीय अरसद अन्सारी र हरीनगर–२ का ४५ बर्षीय जियाउल अन्सारीले लागुऔषध बेचबिखन गरिरहेको छ भन्ने सुचनाको आधारमा इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले कोठा भित्र रहेको जेब्रा झोलामा लुकाईछिपाई राखेको लागुऔषध ट्रामाडोल ४२ हजार ६ सय क्याप्सुल फेला पारी दुबै जनालाई नियन्त्रणमा लिएको थियो ।
त्यसैगरी अस्थायी प्रहरी पोष्ट जोरसखुवाको प्रहरी टोलीले धरान–१६ का २४ बर्षीय सुमित भुजेललाई ९ सय क्याप्सुल नियन्त्रित औषधी ट्रामाडोल, ट्रामानिल र १ हजार क्यापसुल स्पास्पेन सहित नियन्त्रणमा लिएको थियो ।
अस्थायी प्रहरी पोष्ट देउरालीले ट्रामोल, स्पास्पेन गरी जम्मा २६३ ट्याब्लेट, डाईजे एभिल १ सेट र नगद ४४ हजार २७५ रुपैया सहित धरान–५ का १८ बर्षीय भुपेन विश्वाकर्मा, २१ बर्षीय साहिल राई, २७ बर्षीय राकेश तामाङ, ४० बर्षीय नबराज राई र धरान– १५ की २७ बर्षीया सोनु राईलाई धरान–५ बाट पक्राउ गरेको थियो ।
त्यस्तै कोशी गाउँपालिका–८ बाट इलाका प्रहरी कार्यालय भण्टाबारले १ ग्राम ७०० मिलिग्राम ब्राउन सुगर सहित प्र.२–०३–०१५ प ७४१९ नम्बरको मोटरसाईकल चालक सप्तरीका २६ बर्षीय रंजित माझीलाई नियन्त्रणमा लिएको थियो ।
पक्राउ परेका सवै उपर सम्वन्धित प्रहरी कार्यालयबाट थप अनुसन्धान भई रहको छ ।

सम्पर्क

क्राइम अपरेशन साप्ताहिक

बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल

०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३

Email: [email protected]