रंगेली, पुस २५ गते । रंगेलीका किसानहरु एक बोरा मल प्रप्त गर्न रातीको १ बजेदेखि नै लाईनमा लागेर विहान १० बजे एक वोरा मल प्राप्त गर्ने वाध्य भएका छन् । जब कि एक विगहा खेती गर्न किसानलाई ४ बेरा डीएपी, २ बोरा पोटास र ४ बोरा यूरिया मल चाहिन्छ ।
त्यसपश्चात पनि खेतीवाट राम्रो उत्पादनको लागि जिंक, बोरेक्स, लगायत थुप्रै मल को आवश्यकता पर्छ । उक्त मलको लागि रंगेली–५ का वडाभरीको किसानहरु राती लाईनमा बसेपछि करीब १० घण्टा पछि विहान १० बजे १ बोरा मल पाउन बाध्य भएको स्थानीय किसानहरु वताउँछन ।
रंगेली–५ मा आवद्ध कृषि सहारी र जैनपुर कृषि सहकारी गरी दुई वटा कृषि सहकारीहरु रहका छन् । दुई दुईवटा कृषि सहकारी हँदाहुँदै पनि किसानहरु सहज रुपमा मल पाई रहको छैन । डीएपी, यूरिया एक वोरासम्म पाएपनि पोटास भन्ने किसानहरु पाएका छैन ।
राती लाईनमा बसेका किसानहरु मध्ये पनि ४० प्रतिशत १ बोरा मल पाउँछन् भने ६० प्रतिशत कृषकहरु रितो हात घर फर्केर जानुपर्ने किसानहरुको गुनासो छ । मल आएको थाहा हुन वितिकै किसानहरु जाडौ मौसममा काम्दै लाईनमा बस्छन् ।
एक किसानले भने रंगेलीका मेयर दिलीप कुमार अग्रवालले वाटो–घाटो र विजुली–वत्तीमा विकास गरेपनि खेती गर्ने किसानको लागि केही नगरेको गुनोसो समेत गरे ।
सहकारीमा भिडभाड कम होस भनेर वडा कार्यालयले किसानहरुसंग नागरिकताको फोटो कपी लिएर किसानलाई कुप्पन दिने गरेका छन् । सोही कुप्पन लिएर मलको लागि राती लाईनमा बस्नुपर्छ । रंगेली नगरपालिकाले किसानहरुलाई समयमा मल उपलब्ध नगराएको किसानहरुको गुनासो छ ।


एक बोरा मलको लागि पनि वडावाट सिफारीस लिन पनि दुई तीन दिन लाग्ने गरका छन् । कुप्पन लिन पनि वडा कर्यालयमा ठूुलो भिडभाड लाग्ने गरको छन् । कहिले वडामा वडा अध्यक्ष भेटिदैन भने कहिले सचिव भिटिदैन जसका कारण किसानहरु मलको लागि सिफरीस लिन पनि दुःख पाइरहका छन् ।
आवद्ध कृषि सहकारी प्रोप्राइटर निरोध मण्डलले समयमै नगरपालिकावाट सिफारीस लिई कृषि सामग्री र साल्ट ट्रेडिङ विराटनगरबाट मल झिकाई किसानलाई राती भएपनि मल उपल्बध गराउँछन । तर सोही ठाउँमा रहेको जैनपुर सहकारी संस्थाका प्रोप्राइटर धर्नेन्द मण्डलले किसानलाई मल उपलब्भ नगराई लापरवाही गरको किसानहरुले आरोप लगाएका छन् ।
आबद्ध सहकारीले मकै खेती गर्ने किसानहरुलाई हाल ९ सय ७८ बोरा डीएपी र ९ सय ४९ बोरा यूरिया वितरण गरिसकेको छन् भने जैन पुर कृषि सहकारी संस्था किसानहरुलाई मल वितरण गर्न नसकेको समेत किसानहरु गुनासो गरको छन् ।

सम्पर्क

क्राइम अपरेशन साप्ताहिक

बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल

०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३

Email: [email protected]