विराटनगर, भाद्र २४ गते । समाज सेवा गर्ने समाजको व्यक्तिहरुको आ–आफ्नै तरीका हुन्छ सोही मध्ये विराटनगरका केही यूवाहरुले कोरोना संक्रमणबाट मृत्यु भएका व्यक्तिहरुको मृत शरिरलाई दाहसंस्कार गरी समाज सेवा गर्ने लक्ष्य लिएका छन् ।
कोरोना संक्रमितको मृत्यु भएपछि शवलाई नेपाली सेनाको जिम्मा लगाएपछि नेपाली सेनाले शवलाई व्यवस्थापन गर्दै आएको थियो । सेना प्रति विभिन्न टिका टिप्पणी समेत आई रहेकोले हामीले परिवारको सदस्यहरुकै रोहवरमा र जातिय परम्परा अनुसार दाहसंस्कार गरी दिने विराटनगर महानगर पालिका वडा नं. ३ का युवा राम नेपालले वताए ।
त्यसैगरी कोरोना संक्रमितको दाह संस्कार अभियानमा संलग्न भएका विराटनगर महानगर पालिका वडा नं. ५ का यूवा रविन कार्कीले भने हामीले सवभन्दा पहिले कोरोना संक्रमितको घरमा सेनिटाईज गर्ने काम ग¥यौ । कोरोना संक्रमितको दाहसंकारको क्रममा नेपाली सेनाले परिवार, नाता, आफन्त कसैलाई पनि मृतकको मुख सम्म पनि हेर्न नदिने दाहसंस्कारमा समेत सामिल हुन नदिने भन्दै गुनासो आएपछि हाम्रो टिमले कोरोना संक्रमितको दाहसंस्कारमा सुरक्षा सावधानी अपनाई परिवारका सदस्यहरुलाई समेत राखेर संक्रमितको दाहसंस्कार गर्न लागेका छौ ।
समाजमा कसैले धन, कसैले श्रम र कसैले मनले समाज सेवा गरको हुन्छ । हामीले धन लगानी गरेका छैनौ तर मन र श्रमले अहिले कोरोना महामारीको विषमपरिस्थितिमा मृत शरिरलाई व्यवस्थपन गर्नु चुनौतिको विषय रहेकोले हामी युवाहरु त्यो चुनौतिलाई स्वीकार गर्दै कोरोना संक्रमणवाट मत्यु भएकाहरुलाई दाहसंस्कार गर्न लागि परेको विराटनगरका युवा अभियान्ता सुयोग चापागाईले वताए ।
शवको दाहसंस्कार गर्नको लागि चाहिने सुरक्षा सामग्रीहरुको जोहो प्रदेश नं. १ का सांसद विन्दिया कार्कीले गरि दिएको छ । यस अभियानमा दर्जनौ यूवाहरुको सहभागी रहेको दिपक चापागाईले वताए ।
दाहसंस्कार गर्ने अभियान्ताहरुले कोरोना संक्रमणवाट मृत्यु भएकाहरुको त्यसैको जात– जाति, धर्म र रितिरीवाज अनुसारको दाहसंस्कार गरिदिने भएको छ । शवको दाहसंस्कार पछि ती यूवा अभियान्ताहरु अतिथी सदनको क्वारेन्टाईनमा बस्नुहुन्छ ।
क्राइम अपरेशन साप्ताहिक
बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल
०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३
Email: [email protected]