विराटनगर, पुस २३ गते । विक्रम सम्वत् नेपाली माटोको मौलिक सम्बत हुन् । समग्र सृष्टि सहित मानव जातिको उत्पति केन्द्र तथा ज्ञान विज्ञानको मुहान हिमवत्खण्ड आर्य संस्कृति, सभ्यता हो । विक्रम संवत् सनातन हिन्दु परम्परा धर्ममा आधारित नेपालको आधिकारीक राष्ट्रिय पञ्चाङ्ग पात्रो हो । हिन्दू पञ्चाङ्ग हिन्दू समाजद्वारा मानिने पात्रो हो । पञ्चाङ्ग नाम पाँच प्रमुख भागहरूबाट बनेका हुन सक्छ । यसको कारण यो छ ः पक्ष, तिथी, वार, योग र गर्ण । एक सालमा १२ महिना हुन्छन् । प्रत्येक महिनमा १५ दिनका दुई पक्ष ः शुक्ल र कृष्ण हुन्छन् । पञ्चाङ्ग (पंच+अङ्ग=पाँच अङ्ग) हिन्दू काल–गणनाको रीतिदेखि निर्मित पारम्परिक पात्रो वा कालदर्शकलाई भन्दछन् । पञ्चाङ्ग नाम पाँच प्रमुख भागहरूबाट बनेका कारण यो छ– तिथि, वार, नक्षत्र, योग र करण ।
किराँत, लिच्छवी, मल्ल, सेन, शाह वंशका कतिपय शिलालेखमा विक्रम सम्बत् उल्लेख हुनुको अर्थ सिंगो हिमवतखण्डको संवत् हो भन्ने कुरा पुष्टि हुन्छ । यस प्रकार विक्रम संवत नेपालको प्राचीन संवत् हो भनेर स्वीकार नै ईतिहास प्रति सच्चा न्याय हुन्छ ।
राजा विक्रमादित्यले चलाएको सम्वत् हो भनेर मानिन्छ । उक्त विक्रमादित्य भारतको उज्जयनको राजा हो भनेर नेपालको बिभिन्न शब्दकोशले पनि उल्लेख गरेका छन् । तर यसको आधिकारिक प्रमाण भेटिदैन् । यसै सम्बन्धमा वि.स.१९३७ मा छिमेकी राष्ट्र भारत गुजरातका अनुसन्धानविद पं भगवानलाल इन्द्र जी नेपाल आएर यहाँबाट झण्डै २३ वटा महत्वपुर्ण अभिलेख खोजेर लगेको र त्यसको गहिरो अध्ययन अनुसन्धान गरेर लिच्छवी कालमा उल्लेखित सम्बतलाई विक्रम सम्बत हुन भनेर निचोड निकालेका हुन् ।
भारतको कलकता विश्वविद्यालयका इतिहासका प्राध्यापक राधागोविन्द बासकले भारतको उतरी पूर्व भागको इतिहासमा लेखेका छन् ः राजा मानदेव पालाको सम्बत ३८६ को चाँगुको अभिलेखको सम्बत विक्रम सम्बत नै हो भनेर स प्रमाण पुष्टि गरेका छन् । यसरी विक्रम सम्बत ३८६ देखी प्रारम्भ भएर चपली गाँउमा रहेको अभिलेखमा लेखिएको सम्बत विक्रम सम्बत नै हुन ।
नेपालको इतिहासकार बाबुराम आचार्यको भनाई अनुसार विक्रम सम्बत उठान भएको समयमा भारतको उज्जयनीमा राजा विक्रमादित्यको अस्तित्व देखिदैन् ।
नेपालको अर्को अनुसन्धान कर्ता शंकरमान राजवंशीले पूर्व लिच्छवीकाल र उत्तर लिच्छवी कालका सम्बतहरु सक सम्बत नभई विक्रम विक्रम सम्बत हो भनेर ठोकुवा गरेका छन् । त्यसैले, चाँगुनारायण लगायत लिच्छवीकाल सम्मको अभिलेखहरु विक्रम सम्वत मानिदै आएको छ ।
नेपालको प्रचलित राजकीय वंशावलीलाई अध्ययन गर्दा राजा विक्रमादित्य नेपाल कै लिच्छवीकालका कुनै राजा हुन सक्छ भन्ने बुझन सकिन्छ । राजा विक्रमादित्य बारेमा पशुपति महात्म्यमा लेखिएको छ ‘अथ सूर्यवंश प्रभावोन्नेपाले किराँत राजन निर्जित्य लिच्छवी पंश प्रवर्तते’ अर्थात सूर्यवंशी लिच्छवीको प्रभावले किराँत राजालाई जीति लिच्छवी वंशका पहिला राजालाई धर्मपाल भुमिपाल विक्रमादित्य आदी भनिएको र तिनकै शासनकाल देखी विक्रम सम्वत सुरु भएको बताइन्छ ।
यस कारण सूर्यवंशी यस भूगोलको पूर्व शासक र राष्ट्र निर्माणमा अहम भूमिका निर्बाह गर्ने जाति हुन् । पाल्पा राज्य लिच्छवी राजाको अधिन ः प्राचीनकालिन इतिहास प्रमाणिराजा मानदेवले आक्रमण गरेको गण्डकी पारीको मल्लपुरी पाल्पा राज्य कै भू भाग थियो भने राजतरगिणी नामक ग्रन्थमा उल्लिखित जयापिड विनयादित्य र लिच्छवी राजा अरमुड्डीका विच भएको युद्धको वर्णनका आधारमा पाल्पा राज्य प्राचीनकालमा लिच्छवीहरुको अधिनतामा रहेको देखिन्छ ।(स्रोत नवलपरासी जिल्लाको इतिहास र पर्यटनको झलक, पेज ६८, लेखक डा. बम बहादुर अधिकारी) ।
समय, कालचक्र र वर्ष मिति मापनको एक प्रणालीलाई सम्बत भनिन्छ । यसको बैकल्पिक हिज्जेहरु संवत्, सम्बत, सम्वत्, सम्वत् हुन ।
बि.स.ले सम्पुर्ण विज्ञानलाई प्रतिनिधित्व गर्छ । बि.स.ले खगोल विज्ञान, भौतिक विज्ञान, धार्मिक शास्त्र, समाज विज्ञान, जिव विज्ञान र गणितसँग प्रत्यक्ष सम्बन्ध राख्दछ । यो सामान्य कुरा होइन् । अर्थात हाम्रो राष्ट्रका विद्धानहरु विज्ञानका सर्जक हुन् । विज्ञानको जननी हाम्रो राष्ट्र नेपालको माटो हो । बि.स. को शुरुवात नेपालबाट हुनु नै सवल उदाहरण हुन् । लेखक महतो भाषा संस्कृति प्रतिष्ठान बिराटनगर मोरंगका अध्यक्ष हुन् ।

सम्पर्क

क्राइम अपरेशन साप्ताहिक

बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल

०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३

Email: [email protected]