उषा सरदार
बिराटनगर, पुस २२ गते । जात र वर्गको आधारमा छुवाछूत गर्न नहुने कानुनमा उल्लेख भए पनि ब्यवहारमा अझै लागू हुन नसकेको कोशि प्रदेशका सभामुख अम्बर बहादुर बिष्टले वताएका छन् ।
बिराटनगरमा दलित महिला संघ (फेडो) ले आयोजना गरेको २ दिने दलित महिला सशक्तीकरण र समाबेशिकरणको सवाल बिषयक कोशी प्रदेश स्तरीय कार्यक्रमलाई फूलका गमलामा पानी हालेर समुद्घाटन गदै सो कुरा वताएका हुन् । सभामुख बिष्टले सरकारले दलित र गौर दलित बिचको खाडललाई पुर्न हरेक मठ मन्दिरमा दलित पुजारी राखियो भने केही हदमा विभेद अन्त्य हुने दावी गर्दै कानुनीकै अभाव भएर दलित वर्गको उत्थान भएको छैन भने हामी यो कुरामा सचेत भएर अगाडी बढ्नु पर्न वताए ।
त्यसैगरी आन्तरिक मामिला तथा कानुन मन्त्री रेवती रमण भण्डारी समाजमा अहिले पनि दलित र गौर दलित बिच विभेद कायमनै रहेको बताउदै राजनीतिक ब्यवस्थाबाट ब्यवस्था परिवर्तन गर्ने छिटो र छरिटो उपाय रहेको छ । हजारौं वर्ष देखि संस्कृति र संस्कारको रुपमा जरा गाडेर रहेको बिभेदलाई तत्कालै न भइ बिस्तारै समाप्त गर्नु पर्ने वताए । उहाले राजनीति बाट छिटोछरितो ब्यवस्था र अवस्था परिवर्तन गर्ने सकिनेमा जोड दिनु दिदै दलित र गौर दलित शब्द हाम्रो लागि कलंक कै रुपमा रहेकोले यसलाई अन्त्य गर्न गैर दलितले भुमिका खेल्नु पर्ने सझाव दिएका थिए ।
कार्यक्रमका दलित अगुवाहरुले छुवाछूत अन्त्य गर्ने बिषय कानुनमा उल्लेख भए पनि अहिले सम्म ब्यवहारमा लागू हुन नसकेको वताएका छन । ब्यवहारमा सुधार नभए सम्म समाज र परिवारमा सुधार न आउने भएकोले सबै भन्दा पहिले विभेद र छुवाछूत ब्यवहारबाट हटाउनु पर्नेमा जोड दिएका थिए
दलित महिला संघकि केन्द्रीय अध्यक्ष कला स्वर्णकारले राज्यले ब्यवस्था परिवर्तन गरे पनि दलितहरुको अवस्था परिवर्तन हुन नसकेको धारणा राखे । उहाँले दलित समुदायले पनि दलितको सरकार हो भन्ने अनुभुती गर्न पाउने काम गर्न आग्रह गर्नु गरेका थिए । सरकारले पनि दलित हरुको हकहितलाई संरक्षण गर्दै हरेक निकायमा समाबेश गर्ने खालको कानुन निर्माण गर्न आग्रह गरेका थिए ।
क्राइम अपरेशन साप्ताहिक
बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल
०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३
Email: [email protected]