विराटनगर, पुस २० गते । प्रगति विनायक जेष्ठ नागरिक समाज विराटनगर–८ ले पाँचौ वार्षिक साधारण सभा भव्यताका साथ सम्पन्न गरका छन् ।
साधारण सभाका प्रमुख अतिथी कोशी प्रदेश सभाका सदस्य माननीय खड्क बहादुर बस्नेतले दियो बालेर समुद्घाटन गर्दै भने समाजमा रहको जेष्ठ नागरिकहरुको आवश्यकतालाई परिपुर्ति गर्ने कर्तव्य राज्यको हो । सोही अनुरुप राज्यले जेष्ष्ठ नागरिक भत्ता समेत दिदै आएको छ । हामी आ–आफ्नो समाजमा रहको जेष्ठ नागरिकहरुको लागि संस्थागत रुपमा अगाडी बढी रहेकोमा खुशी व्यक्त गर्दे सधारणसभाको सफलताको कामना गरेको थिए ।


साधारणसभाका विशिष्ठ अतिथी विराटनगर महानगरपालिका–८ का वडाअध्यक्ष राम पोखरेलले भने जेष्ठ नागरिकहरुलाई भजन किर्तन गर्न सामग्री दिने घोषण गर्दै भने हामी पनि भविष्यमा जेष्ठ नागरिक नै हुने भएकोले सोहीलाई ध्यानमा राखेर जेष्ठ नागरिकहरु पर्ति समर्पित भएर जेष्ठ नागरिक पार्क निर्माण, जेष्ठ नागरिकलाई खाजा कार्यक्रम, जेष्ठ नागरिकहरुलाई निशुल्क स्वास्थ्य जाँच, निशुल्क औषधी वितरणको कार्यक्रमहरु संचालन गर्दै आ्रएका छौ । निर्माणधिन अवस्थामा रहको जेष्ठ नागरिक पार्कलाई आफ्नै कार्यकालमा सम्पन्न गर्ने प्रतिवद्धता जनाएका थिए ।
सोही अवसरमा नेपाल पत्रकार महासंघको निर्वाचनमा मोरंग शाखाको सह–सचिव पदमा निर्वाचित श्याम सुन्दर सुतिहारलाई विशिष्ठ अतिथी लगायत जेष्ठ नागरिक समाजका अगुवाहरु मिलेर सम्मान गरेका थिए ।
साधारण सभामा संस्थाका सचिव राजेन्द्र कुमार थापाले आर्थिक वर्ष २०८०–०८१ मा आन्दानी ९६ हजार ३ सय ५१ रुपियाँ आन्दानी र ९३ हाजर ६ सय ८३ रुपियाँ ५० पैसाको खर्च विवरण प्रस्तुत गरेका थिए ।
उक्त कार्यक्रम प्रगति विनायक जेष्ठ नागरिक समाज विराटनगर–८ अध्यक्ष माधव ढुगेलको अध्यक्षतामा सम्पन्न भएको थियो ।

सम्पर्क

क्राइम अपरेशन साप्ताहिक

बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल

०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३

Email: [email protected]