विराटनगर, पुस १८ गते । राष्ट्रसेवक बचत तथा ऋण सहकारी संस्था लिमिटेडले हालै नेपाल पत्रकार महासंघकाे निर्वाचनमा निर्वाचित पदाधिकारी, सदस्यहरू परिषदहरूसंग परिचयात्मक अन्तरक्रिया सम्पन्न गरेका छन ।
विराटनगरमा सहकारी संस्था लि. ले आयोजनागरेको कार्यक्रममा सहकारीका पदाधिकारी र नव निर्वाचित पत्रकारहरु बीचको परिचयात्मक एवं अन्तरक्रिया कार्यक्रम  सम्पन्न भएको हो ।
कार्यक्रममा सहकारीका अध्यक्ष जीवन काफ्लेले नव निर्वाचित पत्रकारहरुलाई बधाई तथा सम्मान गर्दै भने सहकारीको बारेमा जति बाहिर हल्ला भएकाे हाे त्यस्ताे नभएकाे जिकीर गरेका थिए । नवनिर्वाचित पत्रकारहरुले सहकारी ऐनको मस्यौदालाई गहन रुपम छलफल गरेर अगाडी बढन सुझाव दिनुभएको थियो ।
अहिले सहकारी मौलाई रहेको बेला सवैको आँखा सहकारी प्रति केन्द्रीत भएको छ, सहकारीका सञ्चालकहरु यसप्रति सर्तकता अपनाएर अगाडी बढनु पर्ने बेला आएको पत्रकारहरुले सुझव दिएका थिए ।

सम्पर्क

क्राइम अपरेशन साप्ताहिक

बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल

०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३

Email: [email protected]