विराटनगर, पुस १५ गते । भारतको उत्तर प्रदेशको फिरोजावाद जिल्लाको सिरसागञ्जमा निर्माणाधिन रामचरित मानस बाटिका परिसरमा मिथिला वाटिका स्थापना गरिएको छ ।
स्वदेशी समाज सेवा समिति सोजन्य र वन प्राविधिक समाज जनकपुर धामको महासचिव सुरेश शर्माको प्रमुख आथिथ्य एंव विशिष्ट अतिथि दूधमती नदी सरोकार समाज जनकपुर धामको अध्यक्ष सुदीप मण्डल, सोही समितिको कार्यकारी अध्यक्ष प्रो. अजब सिंह यादव, संस्थापक सचिव विवेक यादव लगायतले मिथिला वाटिकामा डिसेम्वर २७ अर्थात २०८१ मंसिर १२ गते शुक्रवार मिथिला वाटिका स्थापना गरको हो ।
जगत जननी माता सिताको जन्मभूमि एंव भगवान रामको ससुराली जनकपुर धामको पवित्र स्थानवाट शिवलिंग, रुद्राक्ष, तेजपता, आम, चम्पा, चन्दन, लाल चन्दन, बेल, पारिजातको विरुवा लिएर गएका शर्माको टालीले बाटिकामा विरुवाहरु रोपेका थिए ।
सोही अवरमा प्रमुख अतिथी शर्माले भने नेपाल भारत मैत्रीको आर्दश स्वरुप मिथिला वाटिकाको स्थापना गरिएको हो । यो मिथिला बाटिकाले वर्षौ वर्षदेखि चलिएको नेपाल भारतको सम्बन्धलाई अझ प्रगाढ बनाउने विश्वास लिएको वताए ।
सोही अवसरमा प्रो. अजब सिंह यादवले भने पूर्व वन रक्षक डा. महेन्द्र प्रताप सिंहका प्रेरणावाट विश्वकै प्रथम श्रीराम चरित मानस वाटिका, रामायण वाटिका, मिथिला वाटिका सहित दर्जनौ वाटिकाको स्थापना भएको वताए । सो अवसरमा अधिवक्ता पंकज यादव, बन्टी यादव, धर्मेन्द, वीरप्रताप लगायतको उपस्थिति रहेको थियो ।
विरुवाहरू रोपिए पश्चात् त्रेता युगकालीन दैविय, रमणीय र स्वच्छ वातावरणको अनुभूति दिलाउने जानकारी वृक्षमानव शर्माले गराएका थिए । भारतको उत्तर प्रदेशको इटावा जिल्लामा पर्ने प्रदेशकै प्रसिद्ध स्कुल पान कुवँर इन्टरनेसनल स्कुल द्वारा आयोजना गरिएको छात्र पर्यावरण संसदमा वृक्षमानव शर्माले प्रमुख अतिथिको रुपमा समेत सम्बोधन गरको थियो ।
क्राइम अपरेशन साप्ताहिक
बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल
०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३
Email: [email protected]