विराटनगर, पुस १४ गते । सुनसरी र ताप्लेजुङबाट नियन्त्रित औषधी र लागुऔषध सहित ५ जनालाई पक्राउ गरिएको छ ।
शनिवार अस्थाई प्रहरी पोष्ट श्यामचौकबाट खटिएको प्रहरी टोलीले सुनसरीको धरान उपमहानगरपालिका १५ मिलन चौक स्थितमा स्कुटरमा सवार सोही स्थानका २७ बर्षीय सन्जिप गिरी र २३ बर्षीय रोजेश श्रेष्ठलाई नियन्त्रित औषधी स्पासपेन १२३ ट्याबलेट र लागुऔषध ट्रामाडोल ११७ क्याप्सुल सहित पक्राउ गरिएको थियो ।
त्यसै गरी साही दिन ताप्लेजुङ फुङलिङ नगरपालिका ४ गोस लाईन स्थितबाट जिल्ला प्रहरी कार्यालय ताप्लेजुङबाट खटिएको प्रहरी टोलीले फुङलिङ ८ का २० बर्षीय राम तामाङ, फुङलिङ ४ का २१ बर्षीय सोनुहाङ लिम्बु र पाथिभरा याङवरक १ का १९ बर्षीय सुमन तामाङको साथबाट नियन्त्रित औषधी स्पासपेन १८ ट्याबलेट र लागुऔषध ट्रामाडोल १८ क्याप्सुल सहित पक्राउ गरिएको थियो ।
पक्राउ परेका सबै जना उपर सम्वन्धित प्रहरी कार्यालयहरुवाट थप अनुसन्धान भईरेहको छ ।

सम्पर्क

क्राइम अपरेशन साप्ताहिक

बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल

०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३

Email: [email protected]