विराटनगर, पुस १४ गते । एसइइ उतिर्णदेखि स्नातक तहमा अध्ययरत छात्राहरुलाई विराटनगर महानगरपालिका वडा नं. १४ ले साईकल वितरण गरेका छन् ।
साईकल वितरण कार्यक्रमका प्रमुख अतिथी विराटनगर महानगरपालिकाका उप–प्रमुख शिल्पा निराला कार्कीले ती छात्राहरुलाई साईकल वितरण गरी कार्यक्रमलाई सम्बोधन गर्दै भने विराटनगर–१४ का वडा अध्यक्ष सुर्यनारायण महतोले छात्राहरुलाई उच्च शिक्षाको लागि कलेजसम्म पुग्नको लागि साईकल वितरण कार्य सराहनीय भएको वताईन । छात्राहरु उच्च शिक्षा अध्ययनको लागि न्यून रुपमा कलेज जने भएकोले तीनीहरुलाई उच्च शिक्षा अध्ययनको लागि कलेज सम्म जान सहज होस भनेर साइकल वितरण गरेकोले छात्राहरुले पनि त्यसको महत्व बुझेर उच्च शिक्षा अध्ययन गरेर देखाउन छात्राहरुलाई उप–प्रमुख कार्कीले आग्रह गरेकी थिईन ।
त्यसैगरी विशिष्ठ अतिथी विराटनगर महानगरपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत रामप्रसाद ढुंगेलले भने शिक्षा क्षेत्रमा जुन किसिमको लगानी हुनु पर्ने त्यो नभएर अहिले न्यून दरबन्दीमा सरकारी विद्यालयहरुमा पठन पाठन भई रहेको छ । विद्यार्थी अनुपातमा दर्वन्दी दिने हो भने विराटनगर महानगरपालिका भित्र अझै ५ सय शिक्षकको आवश्यकता छ । त्यो आवश्यकता महानगरले धान्न सक्दैन । विद्यालयहरुमा जे जुन जनशक्ति छ त्यसैले विद्यार्थीहरुलाई गुणस्तरीय शिक्षा दिन आग्रह गरेका छन् ।
मिल्स माध्यमिक विद्यालयका भुपु शिक्षक सुर्यनारायण यादवले भने वडा अध्यक्षले छात्राहरुलाई दोस्रो पटक गरिएको साईकल वितरण कार्य असाध्यय राम्रो भएको भन्दै वडा भित्र रहेका स्कुल, कलेज, स्वास्थ्य चौकी, प्रहरी लगायत सरकारी गैरसरकारी संस्थाहरुको विवरण वडा कार्यालयको अगाडी नागरिक वडा पत्र जस्तै बनाएर राख्न सुझाव दिएका थिए ।
त्यसैगरी समाज सेवी जय प्रकाश महतोले वडाअध्यक्षले छात्राहरुलाई उच्च शिक्षा अध्ययन गर्न कलेजसम्म जानको लागि साईकल वितरण गरको भन्दै त्यसको प्रतिफल स्वरुप छात्राहरुले पनि उच्च शिक्षा हासिल गरी आएपछि वडा अध्यक्षलाई धन्यवाद दिन आग्रह गरको थिए ।
वडा नंं. १४ का रितिका कुमारी यादव, चँंदनी यादव, लक्ष्मी कुमारी महतो, पार्वती कुमारी महतो, जहना खातुन, पुजा साह, सुस्मिता यादव, अस्तिता यादव, साइमा काफ्ले, नन्दनी कुमारी महतो, युकृति खड्का, सृजना साह, गौरी कुमारी राय, एलिषा यादव, कशिश विश्वासलाई प्रमुख अतिथी, विशिष्ठ अतिथी र अतिथीहरु साईकल अविरको टिका लगाएर साइकल हस्तान्तरण गरका थिए ।
साईकल वितरण कार्यक्रम विराटनगर महानगरपालिका वडा नं. १४ का वडा अध्यक्ष सुर्यनारायण महतोको अध्यक्षतामा सम्पन्न भएको थियो ।
क्राइम अपरेशन साप्ताहिक
बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल
०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३
Email: [email protected]