विराटनगर, पुस १२ गते । नेपाल बार एशोसिएशनद्वारा आयोजना हुन लागेको कानून व्यवसायी महिलाहरुको ३१ आैं राष्ट्रिय सम्मेलन भाेली देखि विराटनगरमा शुरू हुदैछ ।
नेपाल बार एशाेसिएशन माेरंगकाे सभाहलमा पत्रकार सम्मेलन गरी ‘महिलाको समानुपातिक समावेशी सहभागिता, न्यायको पहुँचमा सुनिश्चितता” भन्ने मूल नाराका साथ पुस १३ र १४ गतेका दिन बिराटनगरमा साे सम्मेलन आयोजना हुन लागेको उपाध्यक्ष नेवाए तथा महिला समिति अध्यक्ष अधिवक्ता आशा राईले वताईन ।
उक्त सम्मेलनमा महिलाको समानुपातिक सहभागिता अवसर र चुनौती, कानून व्यवसायी महिलाको पेशागत अवस्था, चुनौती र आर्थिक सवलिकरण, लैगिंक तथा यौनजन्य हिंसा पीडितको न्यायमा पहुँचको अवस्था, पुनर्स्थापना, निःशुल्क कानूनी,सेवा, न्यायिक समितिको क्षेत्राधिकार तथा मेलमिलाप, विवाद समाधानका चुनौतीहरु, वातावरण परिवर्तनको प्रभावले महिलामा पार्ने असरहरु, वित्तीय क्षेत्रमा रहेका संभावना र चुनौती, प्रजनन स्वास्थ्य अधिकार, सूचना तथा प्रविधिमा महिलाको पहुँच लगायतकाे विषयमा कार्यपत्र प्रस्तुत भई छलफल हुनेछ ।
देशभरमा २२ हजार कानुन व्यवसायी मध्ये करीब ४ हजार महिला कानुन व्यवसायी रहेकाेछ । सम्मेलनमा १ हजार भन्दा बढी कानुन व्यवसायीहरूकाे सहभागीता रहनेछ ।
क्राइम अपरेशन साप्ताहिक
बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल
०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३
Email: [email protected]