विराटनगर, पुस ११ गते । पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगितामा उत्कृष्ठ खेल प्रदर्शन गरेका विराटनगर महानगरपालिका वडा नं. १४ निवासी ललित नारायण राजवंशीलाई सो वडाका वडाअध्यक्ष सुर्यनारायण महतोले सम्मान गर्दै ५१ हजार राशीको नगद पुरस्कार प्रदान गर्ने घोषणा गरका छन् ।
विराटनगर महानगरपालका वडा नं. १४ का वडाअध्यक्ष महतोले वडा कार्यालयमै सम्मान कार्यक्रमको आयोजना गरी क्रिकेटर राजवशीलाई दोसल्ला ओढाई फूलमाला, अविर, खादा लिएर सम्मान गर्दै सो पुरस्कार घोषणा गरेको हो ।
सम्मान कार्यक्रमका प्रमुख अतिथी नेकपा एमालेका केन्दिय सदस्य रामलाल साह लगायत अतिथीहरुले फूलमाला लगाएर सम्मान गरेको थिए । सम्मान कार्यक्रमकम बोल्दै प्रमुख अतिथीले भने खेलाडीको कुनै जात र धर्म हुँदैन त्यसैले खेलाडीलाई सबैले सम्मान गर्नु पर्ने भन्दै समाजमा राजवंशी जस्ता धेरै खेलाडीहरु ओझेलमा परेका छन तिनीहरुको संरक्षण र सम्वद्र्धन स्थानीय, प्रदेश र संघिय सरकारले गर्नु पर्ने वताउनु भयो ।
हालै सम्पन्न नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेट प्रतियोगितामा जनकपुर बोल्टसवाट खेलेका राजवंशीले कुल १० खेलमा ४० ओभर बलिङ गरेका थिए । सोही क्रममा १७ विकेट हात पार्न सफल भएका थिए । त्यही क्रममा ५ ओभर मेडन राखेका उनले २ सय १३ रन खर्चिएका थिए । मंगलवार विराटनगर आइपुगेका क्रिकेटर राजवंशीलाई विहीवार वडा अध्यक्ष लगायत प्रमुख अतिथी, अतिथी, राजनीतिक दलका प्रतिनिधीहरुले सम्मान गरेका छन् ।
उक्त सम्मानन कार्यक्रमा समाज सेवी जयप्रकाश महतोले स्वागत मन्तव्य दिदै राजवंशीको उज्वल भविष्यका कामना गरको थिए । त्यसैगरी नेकपा एमालेका नेता कृष्ण गिरी, जसपा जिल्ला सदस्य मन्तलाल यादव, नेपाली कांग्रेसका प्रतिनीधि दिलिप यादव, वडा नं. १८ का वडाअध्यक्ष जितेन्द्र प्रसाद साह वडा नं. ८ का वडाअध्यक्ष राम पोखरेल, वडा नं. १० का वडाअध्यक्ष अर्जुन गिरी लगायतले क्रिकेटर राजवंशीको उज्वल भविष्यको कामना गर्दै अगामी दिनमा उच्चमनोवलका साथ क्रिकेट खेल्न आग्रह गरेका थिए ।
सोही अवसरमा क्रिकेटर राजवंशीले स्थानीय सरकार विराटनगर महानगरपालिका सवै वडाहरुमा क्रकेट खेल्न फिल्डको व्यवस्था र क्रिकेट लगायत अन्य खेलका सामग्रीहरु उपलब्ध गराई जुनसुकै खेलका खेलाडीहरुलाई प्रोत्साहन गर्न आग्रह गरका थिए ।
सम्मान कार्यक्रममा क्रिकेटर ललित राजवंशीका वुवा, जय नरायाण राजवंशी, दाजु युगलकिशोर राजवंशी, रामकिशोर राजवंशी दिदी सुमन देवी राजवंशी लगायत परिवारहरुको उपस्थित रहको थियो । सो कार्यक्रम वडाअध्यक्ष महतोका अध्यक्षतामा सम्पन्न भएको थियो ।
क्राइम अपरेशन साप्ताहिक
बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल
०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३
Email: [email protected]