विराटनगर, पुस १० गते । पत्रकारित स्वच्छ, मर्यादित एवं सशक्त हुनु पर्ने कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले वताउनु भएकाे छ ।
नेपाल पत्रकार महासंघ मोरङ शाखाका कार्य समितिका नवनिर्वाचित पदाधिकारीहरुको प्रमाणपत्र वितरण तथा पद हस्तान्तरण समारोहमा सम्बोधन गर्दै मुख्यमन्त्री कार्कीले पत्रकारहरुको सामुहिक हक, हित र अधिकारको रक्षा गर्ने संस्था नेपाल पत्रकार महासंघको नेतृत्व सर्वसहमतिमा तय हुनु पर्ने धारणा राखेका थिए । उहाँले सहमति, सहकार्य र एकताबाट असल नेतृत्व छान्ने काम भए खर्च कम समेत हुने बताउनु भयो ।
मुख्यमन्त्री कार्कीले विकास र समृद्धिको यात्रालाई पूरा गर्न पत्रकारित क्षेत्र सत्य एवं तथ्यमा आधारित हुनु पर्ने भन्दै संविधानको सर्वोच्चता, मानवअधिकार, लोकतन्त्रका निम्ति नेपाली पत्रकारिता क्षेत्र एकजुट भएर लाग्नु पर्ने विचार राख्न व्यक्त गरेका थिए ।
मुख्यमन्त्री कार्कीले आगामी हिउँदे अधिवेशनमा सञ्चार प्रतिष्ठान विधेयकसहित थप अन्य विधेयक सदनमा ल्याउने जानकारी दिँदै पत्रकारहरुको वृति विकासका लागि प्रदेश सरकारले लागनी गर्ने जनाएका छन ।
प्रदेश सरकार आफैले लगानी सम्मेलन गर्ने बताउँदै मुख्यमन्त्री कार्कीले लगानी सम्मेलनबाट कृषि, पर्यटन र उर्जाका क्षेत्रमा ५० औँ अर्ब रुपैयाँ भित्रिने अनुमान रहेको बताउनुभयो । लगानी सम्मेलनपछि कोशी प्रदेश भ्रमण वर्ष सुरु हुने र त्यसपछि अन्तर्राष्ट्रिय चिया सम्मेलन आयोजना गर्ने बताउँदै मुख्यमन्त्री कार्कीले भन्नुभयो- ‘यो सबै कामहरु प्रदेशको सम्वृद्धि र विकासका लागि भएकोले पत्रकारहरुले पनि यसको प्रचार प्रसारमा हातेमालो गरेर अगाडि बढ्नु पर्छ ।’
कार्यक्रममा महासंघका कोशी प्रदेशका संस्थापक अध्यक्ष एवं मुख्यमन्त्री कार्कीका प्रेस सल्लाहकार विक्रम लुइँटेल, नेपाल पत्रकार महासंघ कोशी प्रदेशका अध्यक्ष लीलावल्लभ घिमिरे, पत्रकारहरु मोहन भण्डारी, यज्ञ शर्मा लगायतले पनि नवनिर्वाचित पदाधिकारीहरुको कार्यकाल सफलताको शुभकामना दिनुभएको थियो ।
क्राइम अपरेशन साप्ताहिक
बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल
०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३
Email: [email protected]