बिराटनगर, पुस ८ गते । शान्तिसुरक्षा कायम राख्न संचार माध्यमको महत्वपुर्ण भुमिका रहेकाे कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक राजन अधिकारीले वताएका छन ।
कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरको सभाहलमा पत्रकारसँगकाे भेटघाट तथा परिचयात्मक कार्यक्रम साे कुरा वताएकाे हाे ।
भेटघाट कार्यक्रममा अधिकारीले विद्यमान ऐन कानूनको परिधिमा रही कानूनद्वारा निर्दिष्ट कार्यहरुको सफल कार्यान्वयन तथा संगठन प्रमुख प्रहरी महानिरीक्षक समक्ष भएको सम्झौता अनुरुप कोशी प्रदेशमा शान्ति सुरक्षाको अवस्था सुदृढ बनाउनुका साथै अपराध नियन्त्रण, घटित अपराधको सफल अनुसन्धान गरी पिडकलाई कानुनि दायरामा ल्याउन तथा पिडितलाई न्यायको अनुभुति दिलाउनुका साथै लागुऔषधको प्रयोग तथा ओसार पसार नियन्त्रणको लागि समन्वय र सहकार्य गर्दै अगाडि बढ्ने महानिरीक्षक अधिकारी बताए।
कार्यक्रममा प्रदेश प्रहरी प्रमुख अधिकारीले संचारकर्मीहरुबाट उठेका विविध जिज्ञासाहरुको जवाफ दिदै सञ्चारकर्मीहरूबाट आएकाे सुझावलाई आत्मसात गर्ने वताए ।
क्राइम अपरेशन साप्ताहिक
बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल
०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३
Email: [email protected]