विराटनगर, पुस ८ गते । नेपाल अग्रवाल महिला मंचको आयोजनामा नेपाल मै पहिलाे पटक अग्रभागवत कथा बाचन विराटनगरमा हुने भएकाे छ ।
मंचकी अध्यक्ष श्रीमती उमा चौधरीले नेपाल पत्रकार महासंघ ममाेरंगकाे सभाहलमा पत्रकार सम्मेलन गरी पुस ११, १२ र १३ गते सिटी प्यालेसमा अग्रभागवत कथा बाचन हुने बताइन ।
“अग्रभागवत” अग्रवालहरूको सृष्टिको उत्पत्तिको कथा हो। त्रेता युगमा श्रीरामको ३५औं पुस्ताबाट प्रारम्भ भएर द्वापर युगको अन्त्यतिर जन्मेका अग्रसेन महाराजसँग यो सम्बन्धित छ। यो कथा क्षत्रिय जातिबाट वैश्य बन्ने प्रक्रियामा समानता र समन्वयको भावना बढाउन, मदिरा र मासको त्यागलाई प्रोत्साहन गर्ने, आफ्नो संस्कार र संस्कृति जोगाउँदै अघि बढ्न प्रेरणा दिन म केन्द्रित भएकाे अध्यक्ष चाैधरीले वताईन ।
लक्ष्मी माताको आशीर्वादबाट व्यापारमा प्रगति गर्ने, सदाचारपूर्ण जीवन जिउने र उच्च जीवन मूल्यहरू आत्मसात् गर्ने प्रेरणा दिने यो भागवत न केवल अग्रवाल समाजका लागि, तर सम्पूर्ण समाज, जाति, धर्म र मानव जीवनका लागि अति शिक्षाप्रद रहे को छ। जीवनका मूल्यहरू र सत्कर्मको महत्त्वलाई बुझाउन यसले विशेष मार्गदर्शन गर्ने वविता अग्रवालले वताइन ।
उक्त कथाको बाचन वाचन भारतबाट आउने भगवताचार्य उज्जवलजी गर्गबाट हुने छ ।
कार्यक्रमको सल्लाहकार नेपाल अग्रवाल सभा र सहयोगी संस्था नेपाल अग्रवाल युवा मंच, नेपाल अग्रवाल कन्या मंच रहेका छन।
पौष ११ गते बिहान ११ बजे देखि मैनरोड स्थित श्री सत्यनारायण मन्दिर वाट कार्यक्रम स्थल सम्म धार्मिक र्याली समेत निकालिने छ।
अग्रभागवत कथा बाचनकार्यक्रममा सम्पूर्ण धर्म प्रेमी नेपाली आमा बुबा, दाजु भाई, तथा दीदी बहिनी हरू लाई कथा श्रवण गरेर धार्मिक लाभ लिन मंचले हार्दिक अग्रह गरेका छन ।
क्राइम अपरेशन साप्ताहिक
बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल
०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३
Email: [email protected]