विराटनगर, पुस ६ गते । मोरङ उद्योग व्यापार संघले भारतको मेदान्त सुपर स्पेसलिटी हस्पीटलको सहकार्यमा सी.पी.आर. र क्यान्सर रोगका विषयमा स्वास्थ्य सचेतना गोष्ठी सम्पन्न गरेको छ ।
संघका अध्यक्ष अनुपम राठीको सभापतित्वमा महासचिव संजय कुमार श्रेष्ठद्वारा संचालित उक्त एक दिने गोष्ठीमा जय प्रभा मेदान्त सुपर स्पेसलिटी हस्पीटलका प्रतिष्ठित डा. अजय कुमार सिन्हा र डा. सन्दीप कुमारले कार्डियोपल्मोनरी रिजसीटेशन (सी.पी.आर.) र क्यान्सर रोगका विषयहरुमा सहभागीहरुलाई प्रत्यक्ष प्रशिक्षण एवं जनचेतनामुलक जानकारी प्रदान गरेका थिए ।


संघका कार्यसमिति सदस्यहरु, महिला र युवा उद्यम समिति सदस्यहरु, पूर्व अध्यक्षहरु, मेदान्त अस्पतालका व्यवस्थापनका प्रतिनिधिहरु सहित विभिन्न संघ–संस्था, वस्तुगत संघ, प्रहरी प्रशासन, उद्योग÷व्यवसाय प्रतिष्ठान, विद्यालय लगायतका प्रमुख तथा प्रतिनिधिहरु, संचारकर्मीहरु लगायतको बाक्लो उपस्थिति रहेको थियो ।
उक्त गोष्ठीमा मोरङ उद्योग व्यापार संघ र मेदान्त अस्पताल बीच उपचार सेवाहरुमा छुट सम्बन्धी सम्झौता समेत गरिएको छ भने गोष्ठीको अन्त्यमा संघका स्वास्थ्य व्यवस्थापन समितिका संयोजक डा. दिपेन्द्र नौलखाले उपस्थित सबैलाई संघको तर्फबाट धन्यवाद ज्ञापन गरी गोष्ठीलाई समापन गरेका थिए ।

सम्पर्क

क्राइम अपरेशन साप्ताहिक

बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल

०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३

Email: [email protected]