विराटनगर, पुस ५ गते । हाम्रो समाजमा क्यान्सर रोगलाई जति ठूलो रोग बनाएको हो त्यती ठूलो क्यान्सर रोग होईन, आम जनमानसमा जनचेतनामा कमी भएर क्यान्सर रोगलाई ठूलो बनाएको मेदान्ता हस्पिटल दिल्लीका क्यान्सर सर्जन डा. संदिप कुमारले वताएका हुन ।
मेदान्ता हस्पिटलको सहकार्यमा नेपाल औषधी व्यवसायी संघ मोरङ शाखाले विराटनगरमा आयोजना गरिएको सीपीआर तालिम र क्यान्सर रोग सम्बन्धि जनचेतना मुलक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै सो कुरा डाक्टर कुमारले वताएका हुन ।
खास गरेर महिलाहरुमा हुने पाठेघरको मुखको क्यान्सर, स्तन क्यान्सर र फोक्सोको क्यान्सर र हड्डीको क्यान्सर हुने गरेको तर जनचेतना नभएको कारण तेस्रो र चौथो स्टेजमा पुगेपछि मात्र हस्पिटल आउने गरको भन्दै समयमा नै हस्पिटल आए क्यान्सर रोगको उपचार सम्भव भएको डाक्टर कुमारले वताउनु भयो । कोरोना पछि क्यान्सर रोगीको संख्यामा वृद्धि भएको वहाँले वताउनु भयो ।
त्यसैगरी डा. अजय कुमार सिन्हाले मुटुको पक्षघाट (हर्ट अटेक) भएको विरामीलाई बचाउन सवभन्दा पहिले अपनाउने विधी मुटुलाई प्रेसर गर्ने रहेको भन्दै प्राक्टिकल गरेर देखाएका थिए । मुटुलाई प्रेसर गर्ने मेशिन समेत देखाएका थिए । उक्त मेशिन प्रयोग गरेमा ९० प्रतिशत विरामीलाई वचाउने सकिने डा. सिन्हाले वताउनु भयो ।
क्यान्सर र मुटुका विरामीहरुले समयमै सजगता अपनाए वा समयमानै अस्पताल पुगे विरामीलाई बचाउन सक्ने भन्दै
डाक्टरको काम नै जीवनलाई सेभ गर्ने हो डाक्टर द्धयले वताउनु भयो ।
त्यसैले अहिले क्यान्सर भन्ने वित्तिकै आत्तिहाल्नुपर्ने अवस्था छैन् । अहिले कोरोन पछि नेपाल, भारतलगायत अन्य देशहरुमा पनि क्यान्सर रोगले बढी ठाउँपाएको छ । क्यान्सर र मुटुका विरामीबाट पनि बाच्न सकिने सन्देश प्रभावह गर्ने उदेश्यले एक दिने सचेतना कार्यक्रमको आयोजना गरेको नेपाल औषधि ब्यवसायी संघ मोरङ जिल्ला शाखाका अध्यक्ष देशबन्दु ढकालले वताउनु भयो । कार्यक्रम संचालन संघका महासचिव अरुण ब्राह्मणले गरेका थिए ।
क्राइम अपरेशन साप्ताहिक
बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल
०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३
Email: [email protected]