विराटनगर, मंसिर ३० गते । विराटनगरकाे मेरिल्याण्ड कलेजले व्यवस्थापन संकायका विद्यार्थीलाई बिजनेस आइडिया इनोभेसन कार्यक्रम आयोजना गरेको छ ।
व्यवस्थापन संकायमा अब्बल कलेजको रूपमा स्थापित भएको मेरिल्याण्डमा विद्यार्थीहरुलाई व्यापार व्यवसायको बारेमा आइडिया दिने उद्देश्यले बिजनेस आइडिया इनोभेसन कार्यक्रम आइतबार आयोजना गरेको हो ।
बिजनेस आइडिया इनोभेसन कार्यक्रममा मेरिल्याण्ड कलेजमा व्यवस्थापन संकाय लिएर अध्ययन गर्दै आएका तेस्रो र चौथो वर्षमा अध्ययन गर्दै आएका विद्यार्थीहरुले भाग लिएको कलेजका प्रिन्सिपल लक्ष्मण ढकालले जानकारी गराए ।
उक्त कार्यक्रममा कलेजका ८ वटा समूहले भाग लिएका थिए । एउटा समूहमा पाँच जना विद्यार्थीहरु रहेका थिए । उनीहरुले बिजनेश प्लान बनाएर निर्णायकहरु सामू योजना प्रस्तुत गरेका थिए ।
‘विद्यार्थीहरुलाई पढाइसँगै विजनेश आइडिया दिनुको साथै पढाइ सकेपछि कसरी व्यापार व्यवसायमा अगाडी बढाउने त्यस विषयमा जानकारी दिने हाम्रो एक मात्रै उद्देश्य रहेको प्रिन्सिपल ढकालले जानकारी दिए।
कितावी ज्ञानलाई व्यवहारमा उतार्न कलेजले बिजनेश आइडिया इनोभेसन कार्यक्रम मार्फत विद्यार्थीहरुमा उत्प्रेरणा प्रदान गर्न कार्यक्रमको आयोजना गरिएको उहाँले बताउनुभयो ।
बिजनेस आइडिया इनोभेसन कार्यक्रममा प्रस्तुती गर्ने समूहहरु मध्ये प्रथम हुने समूलाई नगद ११ हजार र अन्य समूहलाई ३ हजारका दरले कलेजले प्रदानगरेको प्रिन्सिपल ढकालले जानकारी गराए ।
क्राइम अपरेशन साप्ताहिक
बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल
०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३
Email: [email protected]