संजय राजवंशी
कटहरी, मंसिर २५ गते । विराटनगर महानगरपालिकाकी निशा राजवंशीले नेपाल टप गरेकी छिन् । २०८० सालमा त्रिभुवन विश्व विद्यालयद्वारा लिइएको बि.बि.एस चौथो वर्षको परीक्षामा मेरील्यान्ड कलेज विराटनगरकी छात्रा राजवंशीले नेपाल प्रथम भएकी छिन ।
विराटनगर महानगरपालिका–७ स्थित मेरील्याण्ड कलेजकी मेहनती छात्रा राजवंशीले नेपालमै सर्वाधिक अंक ८६.२ प्रतिशत ल्याई नेपाल प्रथम भएको मेरील्यान्ड कलेजका प्रिन्सिपल लक्ष्मण ढकालले वताए । उक्त कलेजले ८६.२ प्रतिशत अङ्क त्रि.वि को इतिहासमा हालसम्मकै उच्च अङ्क रहेको पनि दाबी गरेको छ । त्यस्तै एलिशा पोख्रेलले ८३.४ प्रतिशत ल्याएकी छन् ।
मेरील्यान्ड कलेजबाट सहभागी भएका ९७ विद्यार्थीहरु मध्ये डिसटिङ्गसन अङ्क ल्याई १२ जना, प्रथम श्रेणीमा ३२ जना दोस्रो श्रेणीमा १७ जना विद्यार्थी उत्तीर्ण भएका छन् । कुल उत्तीर्ण प्रतिशत ८१ रहेको कलेजका प्रिन्सिपल ढकालले बताए ।
‘यो रिजल्ट अर्को ऐतिहासिक उपलब्धि हो ’ ढकालले भने । यसअघि २०७६ सालमा सोही कलेजका किंजल पोख्रेलले त्रिविबाट टपर बनी तत्कालीन प्रधानमन्त्री डा . बाबुराम भट्टराईबाट गोल्ड मेडल प्राप्त गरेका थिए ।
क्राइम अपरेशन साप्ताहिक
बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल
०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३
Email: [email protected]