विराटनगर, मंसिर २२ गते । विराटनगर महानगरपालिकाले एक वडा एक व्यायमशाला निती अन्तर्गत विराटनगर महानगरपालिका वडा नं. १० मा निर्माण गर्न लागिएको व्यामशालामा केही व्यक्ति विशेषले जबरजस्ती कृष्ण मन्दिर बनाउन लागेका छन् ।
विराटनगर वडा नं. ८, १४ र १० पर्ने यादव चौक नजीक वडा नं. १० ले आर्थिक वर्ष २०८०–०८१ मा सार्जजनिक जग्गामा खुल्ला व्यामशाला निर्माणको लागि १० लाख बजेट विनियोजन गरिएको थियो । सोही बजेटबाट सो जग्गामा कम्पाउण्ड वाल लगाई सकेको छ । यादव चौक पार्क तथा खुल्ला व्यायम शाला निर्माण शिर्षकमा पुनः २०८१–०८२ को लागि २५ लाख बजेट विनियोजन गरेको छ ।
तर सोही स्थानमा २०८१ सालको कृष्णजन्माष्टमीको अवसरमा कृष्णको मुर्ति राखेर जन्मोत्सम मनाएको थियो । अहिले सोही स्थानमो विराटनगर–१४ का उपेन्द्र यादव, भोला यादव, विन्देश्वर यादव, वडा नं. ८ का कृष्ण यादव र वडा नंं. १० का लगायत केही व्यक्तिले जवरजस्ती कृष्ण मन्दिरको शिलान्यास गरी ४ वटा पिलर समेत गाडी सकेका स्थानीहरुले वताए ।
एक स्थानीयले भने उक्त क्षेत्रमा मन्दिरहरु धेरै छन तर पार्क र व्यायम शाला थिएनन् । मानिसलाई स्वास्थ्य रहनको लागि पार्क र व्यायम शाला अहिलेको आवश्यकता छ तर केही गलत व्यक्तिको कारण वडावाट आएको योजनामा अन्य कार्य गर्नु गतल भएको वताए ।
धर्मबाध सडकवाट विहान बेलुका सयौ मान्छे मोर्निङ्ग र इभनिङ्ग वाक गर्न जान्छ । यहाँ व्यायम शाला निर्माण कार्यको वोर्ड हेरर मोर्निङ्गक संगै व्यायम पनि गर्न पाईन्छ भनेर खुशी सुधिर ढुंगाना खुशी भएको थिए । तर सोही स्थानमा मन्दिर निर्माण कार्य देख्दा खल्लो लागेको ढुंगानाले वताए ।
त्यसैगरी विहान मोरनिङ्ग वाक गर्ने अर्का व्यक्ति खगेश मण्डलले जतुवाको आसपास त चारै तिर मन्दिर त छदै छ वडा नं. १० ले वनाउन लागेको यादव चौक पार्क तथा खुल्ला व्यामशालाले वडा नं. ८, १४ र १० का आमजनता लगायत विहान मोर्निङ्ग वाकमा आउने जाने समेतले व्यामशालामा व्यायम गरी स्वस्थ्य रहन्थ्या मन्दिर त अरु तिर पनि वनाउँद हुन्छ वहांको भनाई छ ।
विजय कुमार यादव समेतले यादव चौक पार्क तथा खुल्ला व्यायम शाला निर्माण लागि घेरावेरा गरेको स्थानमा कृष्णजन्माष्टमी मेला लगाउन पाउँ भनी १० नं. वडा कार्यालयवाट सिफारीश माग गरिएको थियो । सोही आधारमा सोही दिन वडा अध्यक्ष अर्जुन गिरीले २०८१ साल भाद्र १० गते कृष्णजन्माष्टमी मेला आयोजना गर्नका लागि अनुमति प्रदानगरी सहयोग प¥याई दिन जिल्ला प्रशासन कार्यालय मोरंगलाई अनुरोध गरेको थियो ।
जन्माष्टमीमा कृष्णको मुर्ति बनाई पुजापाठ गरी मेलालगाई मुर्ति सेलाउनु पर्नेमा सो नगरी कृष्ण मन्दिरको लागि मन्दिरको शिलन्यास गरेको छ । उक्त कार्यले यादव चौक पार्क तथा खुल्ला व्यायम शाला निर्माण कार्य ओझेलमा पर्दा स्थानीय वासी दुःख गरेका छन् ।
विराटनगर महानगरपालिकाले एक वडा एक व्यामशाला बनाउने नीति लिए अनुसार १० नं. वडाको सो स्थानमा यादव चौक पार्क तथा खुल्ला व्यामशाला निर्माण गर्न लागिएको हो केही व्यक्ति विशेषले मेला लगाउने बहानामा सिफारिस लिएर मंन्दिर निर्माण गर्न लागे छ । यस सम्वन्धमा महानगर पालिकामा छलफल भई रहेको छ । सो स्थानमा यादव चौक पर्क तथा खुल्ला व्यामशालाको लागि बजेट विनियोजन गरेको हुँदा व्यामशाला नै बन्ने विराटनगर महानगरपालिका वडा नं. १० का वडा अध्यक्ष अर्जुन गिरीले वताए ।

सम्पर्क

क्राइम अपरेशन साप्ताहिक

बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल

०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३

Email: [email protected]