विराटनगर, मंसिर २१ गते । विराटनगर स्थित जलजला चोकको घाडेवा गल्लीमा च्याम्पियन्स कराँते एकेडेमी सञ्चालनमा आएको छ ।
आज एक कार्यक्रमको वीच प्रमुख अतिथि कराँते महासंघका केन्द्रिय सदस्य धर्म न्यौपानेले केक काटेर सो एकेडेमीको उद्घाटन गरेको हो ।
कराँतेमार्फत साना नानीहरुलाई सही दिशा प्रदान गर्नुका साथै राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा पु¥याउने उद्देश्यका साथ एकेडेमी संचालनमा ल्याएको कोच साहिल गिरीले बताए । एकेडेमीमा बिहान ६ देखि ८ बजेसम्म र बेलुकी ४ देखि ७ः३० बजेसम्म कक्षा सञ्चालन हुने कोच गिरीले जानकारी गराए ।
त्यसैगरी आर्का कोच सुरज कामतका अनुसार, विराटनगरमा कराँते सिक्ने व्यवस्थित ठाउँको अभावमा खेलाडी र अभिभावकलाई कठिनाइ हुने गरेको थियो । खेलाडीहरूलाई उचित वातावरण प्रदान गर्न एकेडेमी संचालनमा ल्याएको हो । एकेडेमीले विराटनगरमा कराँते खेलको स्तर उकास्न महत्वपूर्ण योगदान दिने अपेक्षा गरिएको छ ।
उद्घाटन समारोहमा दुई उत्कृष्ट कराते खेलाडी, दर्शना पराजुली र एलिना मगरलाई आजीवन निःशुल्क प्रशिक्षण दिने घोषणा गरिएको छ । कार्यक्रममा खेलाडी, विद्यार्थी र अभिभावकहरूको उल्लेखनीय उपस्थिति थियो ।
क्राइम अपरेशन साप्ताहिक
बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल
०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३
Email: [email protected]