भोजराज घिमिरे
विराटनगर, मंसिर १६ गते । देशभर ४१ पदका लागि सम्पन्न स्थानीय तहको उपनिर्वाचनमा ६२ प्रतिशत मतदाता सहभागी भएका छन् । उपनिर्वाचनमा नगरपालिका प्रमुख १, उपप्रमुख १, गाउँपालिका अध्यक्ष २, उपाध्यक्ष ४ र वडाध्यक्ष ३३ गरी जम्मा ४१ जनप्रतिनिधीको लागि निर्वाचन भएको थियो ।
मोरङको ग्रामथान गाउँपालिकाको अध्यक्ष पदका लागि भएको उपनिर्वाचनमा मतदाताको उल्लेखनीय सहभागिताका साथ निर्वाचन सम्पन्न भएको छ । ७ वटा वडा रहेको ग्रामथान गाउँपालिकामा २६ हजार ४४ मतदातामध्ये १८ हजार ५७७ जनाले मतदान गरेको छ । कुल ७१.३३ प्रतिशत मत खसेको सहायक निर्वाचन अधिकृत रामराज पौडेलले जानकारी गराए ।
ग्रामथानमा १०४ वर्षीया वृद्धादेखि विभिन्न उमेर समूहका मतदाताले सक्रिय रूपमा मतदान गरेका छन् । मतदानका क्रममा एक वृद्धा मतदाताको स्वास्थ्य बिग्रिएर उनी बेहोस भएको घटनाले भने केही समय मतदान प्रभावित भएको थियो ।
मतदान सम्पन्न भएसँगै मतपेटिका संकलन गर्ने कार्य पनि भई सकेको छ । निर्वाचन आयोगका अनुसार उपनिर्वाचन भएको सबै स्थानीय तहमा आजै मतगणना सुरु गर्ने तयारी भइरहेको छ ।
निर्वाचनले स्थानीय तहमा रिक्त रहेका पदहरूमा जनप्रतिनिधि चयन गर्ने र स्थानीय प्रशासनलाई सुचारु गर्न मद्दत पुर्याउने विश्वास गरिएको छ ।
क्राइम अपरेशन साप्ताहिक
बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल
०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३
Email: [email protected]