विराटनगर, मंसिर १४ गते । विराटनगर महानगरपालिकाको छुट्टाछुट्टै स्थानबाट तस्करीको अवैध लत्ता कपडाका सामानहरु सहित १ जनालाई प्रहरी टोलीले पक्राउ गरेको छ ।
बिराटनगर महानगरपालिका वडा नं. १५ स्थित मसुदन खातुनको घरमा जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोली गई खान तलासी गर्दा भारतको जोगबनीबाट भन्सार छली चोरी पैठारी गरी ल्याई प्लाष्टिकको बोरामा प्याक गरी राखेको अवस्थामा बरामद गरेको हो।
बरामद गरेको समानहरुमा मोजा–३ हजार ६६० जोर, टाउजर–४६ थान र सुईटर–२४ थान सहित जम्मा अन्दाजी मुल्य रू. १ लाख २६ हजार २ सय बराबरको सामान बरामद गरी मसुदन खातुन समेत लाई नियन्त्रणमा लिई पक्राउ गरी आवश्यक अनुसन्धान तथा कारवाहीको लागि भन्सार कार्यालय रानी पठाईएको छ ।
त्यसैगरी विराटनगर महानगरपालिका वडा नं. ९ रोडशेष स्थितमा भारतको जोगबनीबाट नेपालतर्फ अबैध रुपमा भन्सार छली चोरी पैठारी गरी प्लास्टिकको बोरामा प्याक गरी सडक किनारमा राखेको अवस्थामा जिल्ला प्रहरी कार्यालय मोरङबाट खटि गएका प्रहरी टोलीले चेकजाँच गर्दा उलन कुर्था सुरुवाल–४१ जोर, उलन सुईटर–३ थान, मोटो उलन कुर्था सुरुवाल–२ जोर सहित जम्मा अन्दाजी मुल्य रू ६६ हजार ६ सय बराबरको सामानहरु बरामद गरी आवश्यक कारवाहीको लागी भन्सार कार्यालय रानीमा बुझाएको छ ।

सम्पर्क

क्राइम अपरेशन साप्ताहिक

बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल

०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३

Email: [email protected]