संजय राजवंशी
विराटनगर, मंसिर १२ गते । थाइल्याण्डको बैककमा भएको ’मिस हेरिटेज पेटिट युनिभर्स २०२४’ को शीर्ष उपाधि नेपालकी मनिषा राजवंशीले हातपारेकी छिन् ।
थाइल्याण्डमा भएको मिस हेरिटेज पेटिट युनिभर्स २०२४’ को शीर्ष उपाधि नेपालकी छोरी मनिषा राजवंशीले जितेकी छीन् । हालै भएको थाइल्याण्डको बैंककमा आयोजित मिस हेरिटेज पेटिट युनिभर्स २०२४ प्रतियोगितामा ४३ ओटा देशको प्रतिस्पर्धीहरु प्रतिस्पर्धा गरेका थिए । जसमा झापा जिल्लाकी मनिषा राजवंशीले उपधि जित्न सफल भएकी छिन ।
नोभेम्बर ९ देखि १६ सम्म चलेको अन्तर्राष्ट्रिय स्तरको प्रतियोगितामा झापा बाह्रदशी गाउँपालिका वडा नम्बर ६ की राजवंशीले समाज शास्त्रमा एमए गरेकी छीन् । उनी एक असल शिक्षिका पनि हुन् । उनी हाल राजवंशी समुदायको बारेमा थेसिस पनि गरिरहेकी छिन् ।
मनिषा राजवंशी भन्छिन् ‘म मोडलिङमा यसो ट्राइ गरौँ न भनेर मात्र आएकी होइनँ’, ‘आदिवासी राजवंशी समुदायबाट पनि अभिनय र मोडलिङको क्षेत्रमा केही गर्न सक्ने प्रतिभा रहेछन् भनेर स्थापित गर्न यो क्षेत्रमा लागेकी हुँ ।’ उनि बताउछिन् ।
आफ्नो समुदायबाट अभिनय र मोडलिङको क्षेत्रमा खासै उपस्थिति नभएका कारण केही राम्रो गर्ने सोचका साथ मोडलिङ सम्बन्धी प्रतियोगिता र ब्युटी प्याजेन्टहरूमा भाग लिने गरेको बताउँछिन् ।
उनले २०१८ मा मिस राजवंशी (दोस्रो रनर अप), २०१९ मा मिस ग्रेस काठमाडौँ (दोस्रो रनर अप), सन् २०१८ मा मिस राजवंशीको उपाधि जितेकी उनले सन् २०२१ मा मिस डिभाको विनर भएकी थिइन् ।
जानकारीको लागि धन्यवाद
क्राइम अपरेशन साप्ताहिक
बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल
०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३
Email: [email protected]