विराटनगर, मंसिर ५ गते । काेशी प्रदेश मोरंग जिल्लाको ग्रामथान गाउँपालिकाको अध्यक्ष पदमा उम्मेदवारी दिएका सवै १६ जनाकै उम्मेदवारी कायम भएको छ ।
ग्रामथानको प्रमुख पदमा दलगत १५ र स्वतन्त्र १ गरी १६ जनाले उम्मेदवारी दर्ता गराएका थिए ।
दलगत रूपमा नेकपा (एमाले)बाट तुलसीराम विश्वास, नेपाली कांग्रेसबाट बलराम सरदार, नेकपा (माओवादी केन्द्र)बाट नमोनारायण माझी, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बाट दिनेशकुमार थन्दार (दिवेश), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट नवीनकुमार विश्वास रहेका छन ।
त्यसैगरीअशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा)बाट धर्मेन्द्रकुमार चौधरी, नेपाल मजदुर किसान पार्टी (नेमकिपा)बाट पर्शुराम विश्वास थारु, मंगोल नेशनल अर्गनाइजेसनबाट भरत राई, बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीबाट रामकुमार चौधरी, जनमत पार्टीबाट विनोदकुमार माझी, नागरिक उन्मुक्ति पार्टीबाट बुद्धिचन विश्वास, नेकपा (एकीकृत समाजवादी) पार्टीबाट दिलबहादुर विश्वकर्मा, कमल थापा नेतृत्वको राप्रपा नेपालबाट राजु मुसहर, उपेन्द्र यादव नेतृत्वको जसपा नेपालबाट सुरेशकुमार राजवंशी र समावेशी समाजवादी पार्टी नेपालबाट बोधनारायण माझीले मनोनयन दर्ता गराएका थिए ।
नमनारायण चौधरीको स्वतन्त्र उम्मेदवारी पदिएका थिए । ती मध्ये कसैले पनि निर्धारीत समय सम्म उमेदवारी फिर्ता नलिएपछि सबैको उम्मेदवारी कायम भएकाे हाे ।
साेही बमोजिम मुख्यनिर्वाचन अधिकृतको कार्यालयले उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरेको छ । मुख्यनिर्वाचन अधिकृत उद्धवप्रसाद भट्टराईले स्थानीय तह निर्वाचन ऐन २०७३ को दफा २४ को उपदफा १ बमोजिम अन्तिम नामावली प्रकाशन गरिएको जानकारी गराए ।
२०७९ सालको स्थानीय तह चुनावबाट ग्रामथानको अध्यक्षमा नेपाली कांग्रेसका जयप्रकाश गच्छदार निर्वाचित हुनु भएको थियो । उहाँको गत असार ३ गते निधन भएसँगै रिक्त रहेको अध्यक्ष पदका लागि आगामी मंसिर १६ गते उपनिर्वाचन हुदैछ ।
क्राइम अपरेशन साप्ताहिक
बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल
०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३
Email: [email protected]