विराटनगर, मंसिर ३ गते । धनकुटा जिल्लाको बिभिन्न स्थानमा प्रकृतिकरुपमा डाँडा पाखाहरुमा आफै उम्रेको र लगाएको गाँजाको बोट तथा बेर्नाहरु प्रहरीले फडानी गरी नष्ट गर्दै आईरहेको छ ।
कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरको सुरक्षा सुनिश्चितता अभियान अन्तरतग अबैध रुपमा लगाएका तथा आफै उम्रेका गाँजाका बोटहरु नष्ट गर्ने अभियान अनुसार मंसिर २ गते इलाका प्रहरी कार्यालय छिन्ताङबाट परिचालन भएको प्रहरी टोलीले शहिदभूमी–५ को विभिन्न एरिया इलाकाको १३ रोपनी क्षेत्रफलमा उम्रिएको ९ हजार ३ सय वटा गाँजाको बोट नष्ट गरेको छ ।
त्यसै गरी साँगुरीगढी–८ स्थितमा ५ रोपनी क्षेत्रफलमा उम्रिएको ७ हजार गाँजाको बोट इलाका प्रहरी कार्यालय भेडेटारले र पाख्रीबास–१० स्थितमा ६ रोपनी क्षेत्रफलमा रहेको ७ हजार बोट प्रहरी चौकी हिलेबाट खटिएको प्रहरी टोलीले फडानी गरी नष्ट गरेको छ ।
शहिदभुमी–२ को विभिन्न ठाँउहरुमा उम्रेका २ हजार ५ सय बोट प्रहरी चौकी त्रिवेणीले र शहिदभुमी–६ को विभिन्न ठाँउहरुमा उम्रेका ८ सय वटा गाँजाको बोट प्रहरी चौकी आँखीसल्लाले नष्ट गरेको छ । डाँडा पाखाहरुमा आफै उम्रेको तथा अवैधरुपमा लगाएको गाँजाको बोट तथा बेर्नाहरु निरन्तररुपमा प्रहरीले फडानी गरी नष्ट गर्दै आईरहेको छ ।
क्राइम अपरेशन साप्ताहिक
बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल
०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३
Email: [email protected]