विराटनगर, कार्तिक २९ गते । बोक्सा बोक्सी प्रथाले जरा गाडेको नेपाली समाजमा ‘बोक्सी’ हुँदैन भन्ने कथामा आधारित भएर निर्माण गरिएको चलचित्र ‘अग्नीदहन’ मंसिर ७ गते रिलिज हुँदैछ ।
चलचित्र सम्वन्धि जानकारी दिन विराटनगरमा पत्रकार सम्मेलनको आयोजना गरी फिल्मका निर्देशक घनश्याम लामिछानेले भने मान्छे कोही पनि बोक्सी हुँदैन भन्ने सोचलाई देशव्यापी रुपमा अगाडि बढाउन ‘अग्निदहन’ चलचित्र निर्माण गरिएको छ । उक्त फिल्म मंसिर ७ गते रिलिज हुने जानकारी गराउँदै सामाजिक सचेतनाको लागि निर्माण गरिएको चलचित्र भएकोले एक पटक हेर्न आम दर्शकलाई आग्रह गरेका छन ।
मान्छे बोक्सी हुन्न कहिल्यै राष्ट्रिय जागरण प्रतिष्ठानले निर्माण गरेको अग्निदहन चलचित्रमा लोकमणी पौडेलको कथा, पटकथा तथा संवाद, कोविदशरण उपाध्यायको परिकल्पना, परिच्छेद सेनको मुख्य सहायक निर्देशन, दीर्घ गुरुङ छायांकन, दीर्घ खड्काको सम्पादन, शंकर पाण्डेको प्रोडक्सन डिजाइन छ ।
चलचित्रमा प्रकाश घिमिरे, प्रमिला तुलाचन, माओत्से गुरुङ, अनुपमा भण्डारी, तुलसी क्षेत्री, विष्णु बास्तोला, डाक्टर निर्मल लामिछाने, तारा बहादुर गुरुङको अभिनय रहेको छ ।
‘अग्निीदहन’ चलचित्र बारे जानकारी दिन गरिएको पत्रकार भेटघाट कार्यक्रमको अध्यक्षता चलचित्र पत्रकार संघ मोरंगका अध्यक्ष प्रेम देवानको अध्यक्षताम सम्पन्न भएको थियो ।
क्राइम अपरेशन साप्ताहिक
बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल
०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३
Email: [email protected]