विराटनगर, कार्तिक २६ गते । सुनबर्सी नगरपालिका–६ र ९ स्थितबाट भारतवाट अबैध रुपमा ल्याई लुकाइ छिपाई ल्याई राखेको अवस्थामा खेतमा प्रयोग गर्ने बिषादी र भन्सार छलीको कपडा प्रहरीले वरामद गरेको छ ।
प्रहरी चौकी डाईनियाबाट खटिएको प्रहरी टोलीले कार्तिक २५ गते सुनबर्षी–९ स्थित डाइनिया बसपार्कको निर्माणाधिन भवनमा लुकाइ छिपाई ल्याई राखेको अवस्थामा क्लोर फायरफोस १० यू ग्रेनुलेस थिनेट १० जी नामक बिषादी ५५० किलोग्राम (११ बोरा) र कार्तिक २६ गते सुनबर्सी–६ खिर्कीडाँगी स्थितबाट ५८३ किलोग्राम (१२ बोरा) बरामद गरेको थियो । बरामद गरिएको उक्त बिषादी सम्वन्धमा अन्य थप अनुसन्धान भईरहेको छ ।
त्यसैगरी मोरङको उर्लाबारी नगरपालिका–४ स्थितबाट भन्सार छलीका अवैध कपडा प्रहरीले बरामद गरेको थियो । कार्तिक २४ गते बिशेष सुचानाको आधारमा जिल्ला प्रहरी कार्यलय मोरङबाट खटिएको प्रहरी टोलीले चेक जाँचको क्रममा को. १ ह ६३०९ नम्बरको अटो रिक्सामा भन्सार छली गरी अवैधरुपमा बोकेको समान बरामद गरिेको थियो ।
उक्त समानको बजार मुल्य करिव ३ लाख ३७ हजार ६ सय मुल्य बरावरको लेडिज टप्स र कुर्थासुरुवाल बरामद गरेको थियो । बरामद भएको उक्त सामग्री सहित अटो र चालक बिराटनगर १५ बस्ने वर्ष ३५ को ओम जित साह सहित अटोमा सवार २२ बर्षीय अभिशेक चौधरी र २८ बर्षीय तबरेज अन्सरी समेतलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि भन्सार कार्यालय रानीमा बुझाईएको छ ।
क्राइम अपरेशन साप्ताहिक
बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल
०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३
Email: [email protected]