विराटनगर, कार्तिक १५ गते । इलाम र सुनसरी जिल्लाबाट जुवा तास खेल्ने १८ जनाको समुहलाई प्रहरीले पक्राउ गरेको छ ।
इलामको इलाम नगरपालिका-७ स्थितमा कात्तिक १४ गते दिउँसो जुवा खेलिरहेको भन्ने बिशेष सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय इलामबाट खटिएको प्रहरी टोलीले तास खेल्दै गरेको अवस्थामा पक्राउ गरेकाे थियो ।
पक्राउ पर्नेमा इलाम -६ का ४४ वर्षीय सुमन श्रेष्ठ, ३७ बर्षीय रञ्जन बि.क., ४२ बर्षीय बिकास लिम्बु , ४० बर्षीय मणि कुमार प्रधान, ४१ बर्षीय मिनराज सुब्बा, इलाम-७ का २७ बर्षीय सुवास श्रेष्ठ, ३० बर्षीय अनिल श्रेष्ठ, इलाम-८ का ३३ बर्षीय देव कुमार राई, ३५ बर्षीय केशब सुबेदी, इलाम-६ का ४० बर्षीय सुन्दर परियार, इलाम-३ का २८ बर्षीय कर्ण तामाङ रहेकाेछ ।
प्रहरीले जुवाको खालबाट नगद २ लाख ४५ हजार ३ सय ६० रुपैयाँ र १० बुङ तास समेत बरामद गरेको छ ।
त्यसैगरी इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले सुनसरी धरान उप-महानगरपालिका-१ आदर्श मार्ग स्थित शम्भु रेग्मीको घरमा अवैध जुवातास खेलिरहेको अवस्थामा धरान-१ का ३१ बर्षीय प्रज्वल रेग्मी,३१ बर्षीय सबिन बस्नेत,२९ बर्षीय रवि चौधरी, ३५ बर्षीय प्रदिप सुवेदी, धरान-१६ का २९ बर्षीय आशिष प्रधान, धरान-१५ का ३२ बर्षीय अविशेक लिम्बु र धरान-१२ का ३६ बर्षीय रवि साहलाई पक्राउ गरिएकाे थियो ।
जुवा खालबाट नगद ४७ हजार २ सय र १ बुङ तास सहित नियन्त्रणमा लिएको थियो ।
पक्राउ परेका उनिहरुको आवश्यक कानुनी कारवाही भईरहेको सम्वन्धित प्रहरी कार्यालयले जनाएको छ ।
क्राइम अपरेशन साप्ताहिक
बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल
०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३
Email: [email protected]