लागुऔषध विरूद्ध आक्रमक बन्दै कृष्णनगर प्रहरी
कृष्णनगर, कार्तिक १५ गते । कपिलवस्तु जिल्लाको दक्षिण पश्चिममा रहेको इलाका प्रहरी कार्यालय कृष्णनगरले लागु औषध विरूद्ध अक्रमक बन्दै गएको छ।
इलाका प्रहरी कार्यालय कृष्णनगरमा प्रमुखको रूपमा प्रहरी निरिक्षक सुरज खत्री आए देखिनै दर्जनाै लागु औषध सेवनकर्ता तथा करोबारीहरू उपर लागु औषध मुद्दा चलाएका छन् ।
उहाँ आए देखि लागु औषधको ट्याबलेट, चरेस, ब्राउन सुगर लगायतको कारोबारी तथा सेवनकर्ता हरूको संजाल तोड्न लागिपरेको तथा अन्य उत्कृष्ट काम गरे बापत कपिलवस्तु जिल्ला प्रहरी कार्यालयले असोज महिनाको उत्कृष्ट प्रहरी पुरस्कार समेत प्रहरी निरिक्षक सुरज खत्रीले पाएको समाजसेवी हरू बताउछन् ।
सोही क्रममा कार्तिक १४ बुधवारका दिन कृष्णनगर नगरपालिका वडा नं २ प्रहरी चेक पोष्ट बाट इलाका प्रहरी कार्यालय कृष्णनगरबाट खटिएको प्रहरी टोलीले संकास्पद रूपमा पैदल हिड्दै गरेका दाङ जिल्लाको राप्ती गाउँपालिका वडा नं २ बस्ने २४ बर्षिय अर्जुन भन्ने राजु बिकलाई चेकजांच गर्दा निजको साथबाट ३ पत्ता ४५ ट्याबलेट लागु औषध नाइट्राजेपाम नाइट्राभेट -१० र ६० पत्ता ६ सय क्यापसुल ट्रामाडोल हाइड्रोक्लोराइड आइ. पी. ५० एमजी रेडमी कम्पनीको मोबाइल १ थान सहित पक्राउ गरिएको इलाका प्रहरी कार्यालय कृष्णनगरले जनाएको छ।
साथै पक्राउ गरिएको व्यक्ति लाई थप अनुसंधान भइरहेको इलाका प्रहरी कार्यालय कृष्णनगरका प्रमुख प्रहरी निरिक्षक खत्रीले जानकारी दिएका छन्।
क्राइम अपरेशन साप्ताहिक
बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल
०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३
Email: [email protected]