विराटनगर, कार्तिक ७ गते । आफ्नाे कुनै याेजना नभएकाे तर नागरिक मैत्री र नेपाल प्रहरीलाई कानुनले दिएकाे जिम्मेवारी पुरा गर्ने माेरंगमा आएका प्रहरी उपरीक्षक (एसपी) नारायण प्रसाद चिमरियाले प्रतिवद्वता जनाएका छन ।
कार्तिक ५ गते साेमवार देखि जिल्ला प्रहरी कार्यालय माेरंगमा पदभार समहालेका एसपी चिमरियाले आज संचारकर्मीहरूसंग भेटघाट तथा परिचय कार्यक्रममा साे कुरा वताएकाे हाे ।
संचारकर्मीहररूले साेधेकाे प्रश्नलाई सुझाव र जानकारीकाे रूपमा ग्रहण गरेकाे भन्दै माेरंग जिल्ला बासीलाई सुरक्षाकाे अनुभुती हुने गरी सुरक्षा प्रदान गर्ने वताए ।
नेपाल र भारतकाे सिमानाकाबाट भई रहेकाे तस्करी, लागुआैषध आेसार-पसार, तस्करीमा प्रहरीकै संलग्नता, मेलाकाे नाममा जुवा तास खेलाउने, प्रहरी मुख दर्शक भएकाे संचारकर्मीहरूले गरेकाे प्रश्नकाे कुनै पनि जवाफ नदिई भने तपाईहरूकाे सल्लाह र सुझावलाई कार्यान्वयन गरी देखाउने एसपी चिमरियाकाे भनाइ थियोे ।
क्राइम अपरेशन साप्ताहिक
बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल
०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३
Email: [email protected]