राजेश कुमार राजवंशी
विराटनगर, कार्तिक ३ गते । विराट राजवंशी युवा समितिले दिपावली (सुकरात) पर्वको पूर्व सन्धयामा सार्वजनिक रुपमा प्रथम हुकाहुकी पर्व मनाएका छन् ।
विराटनगर महानगरपालिका वडा नं. १२ स्थित विराट समुदायिक भवनमा भएको कार्यक्रमलाई प्रमुख अतिथि कोशी प्रदेश सभा सदस्य भिम पराजुलीले हुकाहुकीमा दियो बालेर समुद्घाटन गरेका थिए । हुकाहुकी कार्यक्रमलाई सम्वोधन गर्दै प्रमुख अतिथि पराजुलीले भने विराट राजवंशी कोशी प्रदेशमा पहिलो जातिको रूपमा रहेको छ । हामी राजवंशीहरु संगै हुर्केको हुनाले राजवंशीहरुको धर्म संस्कृति कला र भेष भुषालाइ संरक्षण गर्नु हामी सबैको दायित्व भएको वताए ।
राजवंशी समाज उत्थान समितिका उपाध्यक्ष प्रदीप विश्वस राजवंशीले सुकरात पर्वमा हामी लक्ष्मी पुजाको दिन विहानै माटो र गोबरले आङ्गन घर लिपी साझ परेपछि गाई गोरू र भैंसीलाई कठ्ठामा पान र सुपारी लिएर निम्तो दिइन्छ । सन्ठी र दभारीले बेरिएर बनाएको ४ वा ५ फिट लाम्चो हुकाहुकी घरमा रहेको कुल देवीदेवता झाप, काकड नेपुर, पाँच देवती लौली, हनुमान ठाकुर भएको ठाउँमा दियो बालेर हुकाहुकीमा आगो लगाएर हुकाहुकी खेल्न घरवाट निस्किन्छ । घरबाट निस्किदा भन्ने गरिन्छ ‘दुःख दरिद्र बहार हुअ, बहारके लक्ष्मी घर आब’ भन्दै चौरीमा गएर हुकाहुकी खेल्ने गरिन्छ ।


हुकाहुकी खेल्ने क्रममा हुका रे हुकि चिम फुकी, और बौर हमर खेतीमे बाठे चौर, हका डका हमर खेतीमे छुछे टका भन्दै हुका हुकि आधी जलि सके पछी एउटै ठाउँमा भेला पारी आगोलाई नाघे पछि शरीर भित्रको रोग व्याधी निको हुने धार्मिक विश्वास रहेको छ । जलेर बाकी रहेको हुकाहुकी अन्तिममा विभिन्न फलफूलहरुको नाम लिएर रोप्ने गरेको विश्वास राजवंशीले वताए ।
राजवंशी समाज उत्थान समिति अध्यक्ष भुनेस्वर मण्डले विराट राजवंशीले चामलको पिठो बनाइ बगिया बनाइ चामलकै काचो पिठो बाट कनिया दुलाह बनाइ अघनी धानको खेतीमा हुकाहुकीमा आगो बालेर खेतको चारै तिर खल्ने गरिन्छ । धानमा किरा फटयांग्रा नलाग्ने धार्मिक विस्वास रहेको वताए ।
राजवंशी समाज उत्थान समिति जिल्ला अध्यक्ष काशिराम राजवंशी, विराट राजवंशी शिक्षक कर्मचारी अध्यक्ष चन्द्र नारायण राजवंशी, केन्द्रिय सदस्य सिधु लाल राजवंशी कटहरी गाउँपालिा वडा नं. १ का वडा अध्यक्ष हरि नारायण राजवंशी केन्द्रिय सचिव बानेश्वर राजवंशी केन्द्रिय कोषाध्यक्ष मायाराम राजवंशी लगायतले शुभकामना मन्तव्य रराखेका थिए ।
प्रथम हुका हुकि कार्यक्रममा संस्कृतिलाई जोगाउनका निम्ति भकतिया मंडलीलाई सम्मान गर्दै विराट राजवंशी युवा समिति अध्यक्ष विक्रम राजवंशीले आफ्नो संस्कृति जोगाउनको निम्ति हुकाहुकीलाई संरक्षण गर्नुपर्ने भन्दै प्रथम हुकाहुकी कार्यक्रम गरिएको थियो ।

सम्पर्क

क्राइम अपरेशन साप्ताहिक

बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल

०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३

Email: [email protected]