राजेश कुमार राजवंशी
विराटनगर, कार्तिक २ गते । सञ्चारकर्मी सञ्चार सहकारी संस्था लिमिटेड विराटनगरको १३ औं साधारण सभाको अवसरमा ५ जना सञ्चारकर्मीहरु सम्मानित भएका छन् ।
साधारण सभाका प्रमुख अतिथी राष्ट्रिय सहकारी महासंघ लिमिटेडका बरिष्ठ उपाध्यक्ष रमेश पोखरेलले उत्कृष्ट वचत कर्ता सम्मानबाट चिरञ्जीवी तिम्सिना (सुमन सुस्केरा) र उषा सरदार, असल ऋणीबाट श्याम सुन्दर सुतिहार र प्रल्हाद गुरागाँइ, अग्रज शेयर सदस्यबाट शिवबहादुर कार्कीलाई फूलमाला लागाएर दोसल्ला ओढाई सम्मानपत्र बाट सम्मानति गरेका थिए ।
प्रमुख अतिथि पोखरेले भने सञ्चारकर्मी सहकारीलाई प्रदेश, संघ र अन्तराष्ट्रिय संगठनसंग जोड्नु पर्ने भन्दै साचै सञ्चारकर्मीहरुले सहकारीलाई चलाउने हो भने आ–आफ्नो रकम सहकारीमा राख्ने र त्यहीवाट कारोवार गरेमा यो सहकारी करोडौमा कारोवार गर्न सक्छ । केही सिमित सहकारीवाट बचत कर्ताहरु पिडित भएका छन् । तीनीहरुलाई कारवाही हुन्छ । बचत कर्ताले आफ्नो बचत फिर्ता पाउनेमा ढुक्क हुन आग्रह गरेका थिए । सञ्चारकर्मी सञ्चार सहकारीलाई अगाढी बढाउन सहयोग गर्ने प्रतिवद्धता जनाएका थिए ।
सञ्चारकर्मी साथीहरु मिलेर सानो पूँजीबाट सुरु गरेको सहकारीको शेयर पूँजी आ.व. ०८०÷०८१ सम्म २४ लाख ३५ हजार ८ सय रहेको छ भने पूँजी तथा दायित्व १ करोड ७ लाख ८ हजार १ सय ५७ रुपियाँ ९० पुगेको छ । २०८१ असारसम्म महिला १६ जना र पुरुष १०२ जना समेत गरी ११८ जना शेयर सदस्य रहेका छन् ।
आहवान गर्दछौं ।आर्थिक वर्ष २०८०÷०८१ म १६ लाख ७५ हजार ३ सय ५५ रुपिया ८१ पैसा आम्दानी भएको छ भने कूल खर्च रु.७ लाख २९ हजार ४ सय ७ रुपियाँ ७६ पैसा भएको छ । ऋण लगानी ७१ लख ६ हजार ८ सय १५ रुपियाँ २० पैसा र निक्षेप रु.४० लाख २२ हजार ५ सय ६ रुपियाँ ५५ पैसा भएको छ । आर्थिक वर्ष ०८१ असार मसान्तसम्म बैंक मौज्दात ३४ लाख २५ हजार ९५ रुपियाँ २९पैसा र नगद मौज्दात ६४ हजार ७ सय ८ रुपियाँ ११ पैसा गरी जम्मा मौज्दात ३४ लाख ८९ हजार ८ सय ७६ रुपियाँ २९ रहेको छ । संस्थाले यस आर्थिक वर्ष ०८०÷०८१ मा १३ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको छ ।
प्रदेश सहकारी संघका अध्यक्ष डिल्ली पोखरेल, बहुउद्देश्यीय सहकारी संघ मोरङका अध्यक्ष माधव अधिकारी, पत्रकार महासंघ मोरङ कार्यवहाक अध्यक्ष तारा आचार्यले श्याम सुन्दर सुतिहारले शुभकामना मन्तव्य राखेका थिए । सो साधारण सभा संस्थाका अध्यक्ष दिपक कुमार दाहालको अध्यक्षतामा सम्पन्न भएको थियो ।
क्राइम अपरेशन साप्ताहिक
बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल
०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३
Email: [email protected]