विराटनगर, असोज २० गते । स्वास्थ्य सेवामा लागेका स्वास्थ्यकर्मीहरु संवेदनशील हुने आवश्यक रहेको कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले वताएका छन् ।
प्रदेश स्वास्थ्य मन्त्रालयले आर्थिक वर्ष २०८०–०८१ मा सञ्चालित स्वास्थ्य कार्यक्रमहरुको जानकारी गराउँने उदेश्यले आयोजना गरिएको तीन दिने प्रदेशस्तरीय एकीकृत वार्षिक समीक्षा गोष्ठीको उद्घाटन सो कुरा वताएका हुन । उहाँले स्वास्थ्यकर्मीहरुले जनशक्तिको कमी, सिमित साधन स्रोतका बाबजुद नागरिहरुलाई गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्नु भएकोमा प्रशंसा समेत गरेका थिए ।
प्रदेशको स्वास्थ्य नीतिलाई व्यवस्थित गर्न प्रदेश स्वास्थ्य ऐन चाँडै ल्याउने जानकारी गराउँदै मुख्यमन्त्री कार्कीले मानव जीवनसंग प्रत्यक्ष जोडिएको स्वास्थ्यका विषयमा प्रदेश सरकार गम्भीर रहेको र ऐन ल्याएर अझ व्यवस्थित गरिने वताए ।


स्वास्थ्य मन्त्री समेत रहनु भएका मुख्यमन्त्री कार्कीले प्रदेशका स्वास्थ्य क्षेत्रमा आवश्यक साधन स्रोतको पूर्तिका लागि नीतिगत रुपमा बजेटको व्यवस्था गर्ने प्रतिवद्धता व्यक्त गर्दै उहाँले भने प्रदेश सरकारले जनशक्ति, बजेटको कमी, साधनस्रोतको अभाव, क्षेत्रअधिकारका कारण सोच अनुसार स्वास्थ्य क्षेत्रमा कार्य गर्न नसकेको गुनासो समेत व्यक्त गरेका थिए ।
मुख्यमन्त्री कार्कीले प्रदेशको स्वास्थ्य क्षेत्रमा सुधार ल्याउन डा महेन्द्र श्रेष्ठको अध्यक्षतामा एक कार्यदल गठन गरेको जानकारी दिदै यसले दिएको सुझाव कार्यान्वयनले जनताले गुणस्तरीय र भरपर्दो स्वास्थ्य सेवा प्राप्त गर्ने विश्वास व्यक्त गरेका थिए
स्वास्थ्य निर्देशनालय धनकुटाका प्रमुख ज्ञानबहादुर बस्नेत, जनस्वास्थ्य प्रशासक योगराज घिमिरेले गोष्ठीबाट प्राप्त सुझावले आगामी दिन प्रदेशको स्वास्थ्य क्षेत्रमा गुणस्तरीय सेवा प्रदान गर्न सहयोग पुग्ने विचार राखेका थिए । तीन दिने गोष्ठीमा प्रदेशका १४ जिल्लाका मन्त्रालय अन्तर्गतका अस्पताल, नीजि अस्पताल, शिक्षण अस्पताल, आयुर्वेद अस्पतालहरुको सहभागिता रहेको थियो ।

सम्पर्क

क्राइम अपरेशन साप्ताहिक

बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल

०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३

Email: [email protected]