विरटनगर, असोज १६ गते । खानाका परिकार र सांस्कृतिक कार्यक्रमसहितको विराट सडक महोत्सवको सम्पुर्ण तयारी पुरा भएको छ ।
नेपाल पत्रकार महासंघ मोरंग शाखाको सभाहलमा पत्रकार सम्मेलन गरी भोली देखि शुरु हुने विराट सडक महोत्सको सम्पर्ण तयारी पुरा भएको आयोजक मन्जिना मुभिज क्रियसन प्रा.लि.का अध्यक्ष जतिन तम्रकारले पत्रकार सम्मेलन गरी वताए ।
ऐतिहासिक तथा सस्कृतिक नगरी विराटनगरको ऐतिहासिकता तथा सांस्कृतिक सभ्यतालाई जीवन्त राख्दै नयाँ पीढीमा समेत पुस्तान्तरण गर्ने उद्धेश्यका साथ क्रिएशनले पछिल्लो चारवर्ष यता विभिन्न जातजातिका खानाका परिकार र सांस्कृतिक कार्यक्रमसहितको विराट सडक महोत्सव आयोजना गर्दै आएको छ ।
सडक महोत्सव असोज १७ गतेदेखि २३ गते सम्म ७ दिन महोत्सव विराटनगरको हिमालय रोडमा आयोजना हुन लागेको हो ।
३० वटा स्टलहरु रहेने मेलामा विभिनन जातिका खानाका परिकारहरुको संस्कृति, परम्पराको प्रबर्द्धन गर्दै राजवंशी, मैथिल लिम्बु, नेवार लगायत अन्य जातजातिका सांस्कृतिको प्रस्तुती र दैनिकी सांगितिक कार्यक्रम र विभिन्न जातिका खानाका परिकार विराट सडक महोत्सवका मुख्य आकर्षण रहने तम्रकारले वताए ।

सम्पर्क

क्राइम अपरेशन साप्ताहिक

बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल

०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३

Email: [email protected]