विराटनगर, असाेज १३ गते । कोशी प्रदेशका विभिन्न स्थानमा गएको बाढी पहिरो र डुवानका विषयमा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश प्रमुख परशुराम खापुङलाई जानकारी गराएका छन ।
वर्षाका कारण भएको विपद सम्बन्धी घटनाहरु र विपद ब्यवस्थापनका सम्बन्धमा कोशी प्रदेश सरकारले गरेका पहलकद्मीका सन्दर्भमा र कोशी प्रदेश सरकार मन्त्रीपरिषद बाट सम्पादन भएका काम कारवाहीका सम्बन्धमा कोशी प्रदेशका मुख्यमन्त्री कार्कीले प्रदेश प्रमुख खापुङलाई जानकारी गराएकाे हो।
मुख्यमन्त्रीले प्रदेश प्रमुखलाई समय समयमा प्रदेश सरकारका गतिबिधि जानकारी गराउनु पर्ने संबैधानिक व्यवस्था अनुसार मुख्यमन्त्री कार्कीले प्रदेश प्रमुख खापुङलाई जानकारी गराएकाे हो ।
मुख्यमन्त्री कार्कीले कोशी ब्यारेज तथा बराह क्षेत्रको शनिबार स्थलगत निरीक्षण गरेका थिए । सोही क्रममा कोशी प्रदेशमा राहत, पुनस्थापना र उद्धारका लागि तीनवटै सुरक्षा निकायका प्रमुखहरुलाई निर्देशन दिएका थिए । उद्धार, राहत र पुनस्थापनाका लागि प्रदेश सरकारले संघीय सरकार र स्थानीय सरकारसँग समन्वय गरेर अघि बढिरहेको मुख्यमन्त्री कार्कीले प्रदेश प्रमुख खापुङलाई जानकारी गराएका छन ।

सम्पर्क

क्राइम अपरेशन साप्ताहिक

बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल

०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३

Email: [email protected]