विराटनगर, भाद्र १८ गते । घरमै तास खेली रहेको १२ जना जुवाडेहरुलाई पक्राउ गरी २ लाख ८९ हजार ५ सय ३१ रुपियाँ सेमत बरामद गरेको छ ।
प्रदेश नं. १ मोरङ जिल्लाको कानेपोखरी गाउँपालिा वडा नं. ५ चालिसबिघे स्थित रहेको एक घरमा तास खेलीरहेको अवस्थामा १२ जुवाडे पक्राउ परेका छन ।
पक्राउ पर्ने जुवाडेहरुमा झापा अनारमुनीका बिमल गुरुङ, संजिव भघनी, हल्दिबारीका तारा कुमार जोगी, झापा बुद्दशान्तीका श्याम लिम्बु, मनिष लिम्बु छन ।
त्यसै गरी मोरङ बेलबारीका बिमल गुरुङ, चन्द्र लिम्बु, कृष्ण लिम्बु, लेटाङ नगरपालिका वडा नं. ५ का समिर तामाङ, जिल्ला सुनसरी धरान उपमहानगर पालिकाका रुपजंग लिम्बु, किरङ उदास र राजन पौडेल रहेका छन ।
किशोर लुईटेलको घरमा जुवा तास खेलीरहेको भन्ने विशेष सुराकका आधारमा बुधवार ईलाका प्रहरी कार्यालय पथरीबाट खटिएको प्रहरी टोलीले उनिहरुलाई पक्राउ गरेको हो । पक्राउ परेका १२ जना लाइ ईलाका प्रहरी कार्यालय पथरीबाट कानुनी कारबाही अगडी बढाईएको उक्त कार्यालयले जनाएको छ ।
क्राइम अपरेशन साप्ताहिक
बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल
०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३
Email: [email protected]