विराटनगर, असोज १० गते । भारतीय बजारबाट राजश्व छली गरी अबैद्ध रुपमा ल्याउँदै गरेका सनपाट र कस्मेटीक समानहरु प्रहरीले प्रहरीले बरामद गरेका छन् ।
मोरङको सुनवर्सी नगरपालिका–५ स्थितमा भन्सार छली अवैधरुपमा भारतबाट नेपाल तर्फ ल्याउदै गरेको सामानहरु प्रहरीले बरामद गरेको हो । असोज ९ गते इलाका प्रहरी कार्यलय रंगेलीबाट गस्तीमा खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा को २ त ६४४२ नम्वरको ट्रयाक्टरमा भन्सार छली ल्याउदै गरेको ३४० पिस मार्वल र ६४० किलोग्राम सनपाट बरामद गरेको थियो ।
अवैध सामान वरामद भए संगै उक्त सामान र ट्याक्टर सहित चालक रंगेली–६ का राम नारायण सरदार समेतलाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।
त्यसै गरी सोही कार्यालयबाट खटिएको गस्ती टोलीले धनपालथान गाउँपालिका–३ बेतौना स्थितमा भारतबाट अबैध रुपमा नेपाल तर्फ ल्याउँदै गरेको करिव १ लाख ७५ हजार ६ सय रुपैंया बरावरको बिभिन्न किसिमका कस्मेटिक सामानहरु बरामद गरेको छ ।
बरामद गरिएका उक्त सामग्रीहरुलाई आवश्यक कारवाहीको लागि बिराटनगर भन्सार कार्यालयमा बुझाएको छ ।
क्राइम अपरेशन साप्ताहिक
बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल
०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३
Email: [email protected]