विराटनगर, असोज ५ गते । जागृत महिला समाजले मधेसी समुदायका विवाहित महिलाहरुले मनाउने जितिया पर्वको अवसरमा महोत्सव र सम्मान कार्यक्रम गरेका छन् ।
समाजले जितिया पर्वको अवसरमा विराटनगर महानगरपालिका वडा नं. १४ महतो टोलमा जितिया महोत्सव र सम्मान कार्यक्रमको आयोजना गरी समाजिक अधियन्ता र पत्रकारहरुलाई सम्मान र मायाको चिनोबाट सम्मानित गरेका छन् ।
कार्यक्रमका प्रमुख अतिथि कोशी प्रदेशका माननीय गीता रानी महतो र विशिष्ठ अतिथी वडा नं. १४ का वडा अध्यक्ष सुर्य नारायाण महतोले संयुक्त रुपमा अप्पन विराटगढ परोपकार समाजको अध्यक्ष एवंम समाजिक अभियन्ता बसुन्धरा झा, मकालु टेलिभिजनका पत्रकार उषा सरदार, विराट प्रेसका प्रधान सम्पादक मुकेश कुमार यादव, हिपमत अनलाईका सम्पादक विरेन्द्र साहलाई सम्मान पत्र र मकालु टेलिभिजनका पदम कुमार सरदार र क्राइम अपरेश अनलाईनका सम्पादक श्याम सुन्दर सुतिहारलाई मायाको चिनोवाट सम्मानित गरेका थिए ।


प्रमुख अतिथि माननीय गीता रानी महतोले कार्यक्रमलाई सम्बोधन गर्दै भने मधेसी समुदायका महिलाहरुले मनाउने जितिया पर्वको शुभकामना दिदै सार्वजनिक रुपमा एक आपसमा मिलीजुली नाचगान गरी मनाउने परम्पराले महिलाहरुले पनि समाजमा केही गर्न सक्छ भनी संदेश दिएको भन्दै मधेसी महिलाहरु आफ्नो अधिकार अन्य क्षेत्रमा समेत खोज्नु पर्ने वताए ।
विशिष्ठ अतिथि वडा अध्यक्ष महतोले भने पहिले पहिले मधेसी समुदायका विवाहित दिदी वहिनीहरुले आ–आफ्नो घरमा मिठा पकवान पकाएर खाने अनि निराहर व्रत बसी श्रीमान, छोरा–छोरी, परिवारको शान्ति, समृद्धि, सु–स्वस्थ्यको कामना गर्दै मनाउने परम्परालाई चिर्दै अहिले सार्वजनिक रुपमा हर्सोउल्लासका साथ जितिया पर्व आउनु भन्दा एक हप्ता पहिले देखि नै गाउँ टोल समाजमा महिला दिदी बहिनीहरु मिलीजोली रमाइलो गरेकोमा खुशी व्यक्ति गर्दै जितिया लगायत अन्य चाडपर्वहरुको संरक्षण र सम्वद्र्धमा वडाको सहयोग रहने वताए ।
कार्यक्रममा मैथली ब्राह्मण समाज महिला समिति मोरंगको अध्यक्ष प्रिती झाले स्वागत गीतबाट उपस्थित महानुभावहरुलाई स्वागत गरेका थिए । त्यसै गरी बालबालिकाहरुले जितियाका गीत, झिझिया गीत लगायतमा नृत्य गरेका थिए ।
महोत्सव र सम्मान कार्यक्रमको अध्यक्षता ग्रहण गरेकी समाजका अध्यक्ष ममता यादवले जितिया पर्वमा उपवास बस्ने सम्पूर्ण मधेसी दिदी बहिनीहरुलाई जितिया पर्वको शुभकामना दिदै भव्य र सभ्य रुपमा मनाउन आग्रह गर्दै कार्यक्रमलाई समापन गरेका थिए ।

सम्पर्क

क्राइम अपरेशन साप्ताहिक

बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल

०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३

Email: [email protected]