विराटनगर, असोज ५ गते । मधेसी महिलाहरुले मनाउने महान चाडपर्व जितियाको अवसरमा नेपाल सुडी समाज केन्द्रीय कार्यसमितिले मोरंगका जेष्ठ सुडी महिलाहरुलाई फूलमाला र दोसल्ला ओढाएर सम्मान गरेको छन् ।
नेपाल सुडी समाज विराटनगरले आयोजना गरेको जितिया पर्वको शुभकामना आदानप्रदान कार्यक्रममा ७० वर्ष माथिका २५ जना जेष्ठ सुडी महिलाहरुलाई कार्यक्रमका प्रमुख अतिथि जहदा गाउँपालिकाका अध्यक्ष जितेन्द्र प्रसाद साहले दोसल्ला ओढाएर सम्मान गरको हो ।
जितिया पर्वको उपलक्ष्यमा गरिएको शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि जहदा गाउँपालिकाका अध्यक्ष साहले भने मधेसी समुदायमा आमा, विवाहित दिदी बहिनीहरुले मनाउने जितिया पर्वको उपलक्ष्यमा नेपाल सुडी समाजले जेष्ठ सुडी महिलाहरुलाई सम्मान गरेकोमा खुशी व्यक्त गर्दै जितिया लगायत सुडी जातिले मनाउने अन्य चाड पर्व र आफ्नो पेशालाई संरक्षण र सम्वद्र्ध गर्नु पर्ने वताए ।
नेपाल सुडी समाजको पूर्व अध्यक्ष रामेश्वर साहले कार्यक्रमको सफलताको शुभकामना दिदै भने मधेसी समुदायका सबै जातजातिका महिलाहरुले घर–घरमा मिठामिठा पकवान पकाएर खाने अनि चोखो भएर निराहार ब्रत बस्ने गर्दछन । तर आजभोली मधेसी समुदायका हरेक जातजातिको महिलारुले एकठाउँमा जम्मा भएर सार्वजनिक रुपमा जितिया पर्वलाई हर्सोउल्लासका साथ मनाउन थालेकोमा खुशी व्यक्त गर्दै यस्ता पर्वहरुलाई संरक्षण र सम्वद्र्धन गर्न सुडी समाज निरन्तर लागि रहनुपर्ने वताए ।
उक्त कार्यक्रममा सुडी समाजका बुद्धिजीवी, शिक्षक, विद्याथी, व्यपारी, उद्योगी, समाज सेवी लगाय सुनसरी र मोरंगका महिलाहरुको उल्लेख्य उपस्थिति रहेको थियो ।
कार्यक्रमका अध्यक्षता गरी रहेका नेपाल सुडी समाज केन्द्रीय अध्यक्ष संतोष कुमार साहले भने सोमवार देखि शुरु हुने जितिया पर्वमा आ–आफ्ना श्रीमान, छोरा–छोरी र परिवारको सुख, शान्ति, सुस्वस्थ्यको लागि गर्ने भएकोले हर्सोउल्लासका साथ मनाउन विवाहित महिलाहरुलाई आग्रह गर्दै जितिया पर्वको अवसरका गरिएको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरिएकोे थियो ।
क्राइम अपरेशन साप्ताहिक
बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल
०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३
Email: [email protected]