विराटनगर, असाेज ४ गते । मधेसी समुदायका महिलाहरूले मनाउने महान जितीया पर्वकाे शुभअवसरमा विराटनगरका कानुन व्यवसायीहरूले हर्साेउल्लासका साथ शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेका छन ।
उक्त कार्यक्रमका प्रमुख अतिथि उच्च अदालत विराटनगरका माननीय मुख्य न्यायाधीश रमेशराज प्रसाद भण्डारीले भने सबै जातजातिहरूले मनाउने पर्वहरू आ-आफ्नै किसिमको हुने भएकाेले मधेसी समुदायको महिलाहरूले मनाउने जितीया पर्वकाे उपलक्ष्यमा गरिएको कार्यक्रम सराहनीय भएकाे वताउनुभयाे ।
त्यसैगरी जितीया पर्वकाे बारेमा चर्चा गर्दै प्रा.डा. अधिवक्ता रामलाल सुतिहारले भने जितीया पर्व आमा, विवाहित दिदी बहिनीहरूले आफ्नो छाेरा-छाेरी, श्रीमान र परिवारहरूकाे सुख शान्ति, दीर्घायु र सु-स्वास्थ्यकाे कामना गर्दै निराहार (केही नखाई) उपवास वस्ने गर्दछन । याे पर्व ठाउँ अनुसार फरक-विधि-विधान अनुसार गर्दछन । पुर्व तिर दिदी बहिनीकाे विवाह भएकाे वर्षदेखि नै जितीया पर्वकाे थालनी गर्दछन भने पश्चिम तिर विवाह भएर सन्तान प्रप्ती पछि जितीया पर्वकाे थालनी गर्ने गरेकाे सुतिहारले वताए ।
उच्चका विराटनगरका माननीय न्यायाधीश ममता खनाल, विमल सुवेदी, श्रीधरा कुमारी पुडासैनी, राज्यलक्ष्मी वज्राचार्यले शुभकामना मन्तव्य राखेका थिए । त्यसैगरी माेरंग जिल्ला अदालतका मुख्य न्यायाधीश उद्वव प्रसाद भट्टराई लगायत अधिवक्ता कविता बस्नेत, मधुसूदन चाैधरीले जितीया पर्वकाे विशेषता बारे चर्चा गरेका थिए ।
उक्त कार्यक्रममा सरकारी वकिल कार्यालयका सह न्यायधिवक्ता, माेरंग जिल्ला अदालत र उच्च अदालत विराटनगरका कर्मचारी लगायत कानुन व्यवसायीहरूकाे उपस्थित रहेकाे थियो ।
कार्यक्रमकाे संचालन कानुन व्यवसायी अधिवक्ता तुलसी साहले गरेका थिए ।
कानून व्यवसायीद्वारा गठित जितीया पर्व मूल समारोह समितिकाे आयाेजनामा भएकाे कार्यक्रम अधिवक्ता सञ्जु साहकाे अध्यक्षतामा सम्पन्न भएकाे थियोे ।
क्राइम अपरेशन साप्ताहिक
बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल
०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३
Email: [email protected]