विराटनगर, भाद्र १८ गते । निषेधाज्ञा र बन्दाबन्दी सम्बन्धमा नेपाल सरकारले ७७ बटै जिल्लालाई निषेधाज्ञा र बन्दाबन्दी सम्बन्धी निर्देशन जारी गरेको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलन मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले कोभिड–१९ को सङ्क्रमणलाई रोक्नका लागि ५०० भन्दा बढी सङ्क्रमित भएका जिल्लामा निषेधाज्ञा र २०० भन्दा बढी सङ्क्रमण भएका जिल्लामा बन्दाबन्दी गर्न ७७ बटै जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिइसकेको बताए ।
नेपालका ७७ जिल्ला मध्ये ५ सय भन्दा वढी कोरोना संक्रमित भएका १२ वटा जिल्ला रहेका छन् । सङ्क्रमित भएका जिल्लाहरुमा मोरङ, सुनसरी, बारा, महोत्तरी, धनुषा, रौतहट, सर्लाही, पर्सा, चितवन, काठमाडौँ, ललितपुर र रुपन्दही रहेका छन् । अक्सफोर्ड पोलेसि म्यानेजमेन्टले गरेको नेपालमा कोभिड–१९ को सङ्क्रमितको सर्वेक्षणमा भ्रममा नपर्ने डा.गोतमले सवैमा आग्रह समत गरको छ ।
कोभिड–१९ को खोप विश्वमा बनेर परीक्षणको क्रममा रहेको भन्दै खोपको सफल परीक्षणपश्चात नेपालमा समेत ल्याइने जानकारी डा. गोतमले दिएका थिए ।
त्यस्तै मन्त्रालयले सोह्र श्राद्ध भर्चुअल विधिबाट गर्नसमेत आग्रह गरेको छ । कोरोना अहिलेसम्म नेपालमा ४१ हजार ६४९ जना कोभिड–१९ को सङ्क्रमण देखिएको छ जसमध्ये अहिलेसम्म २३ हजार २ सय ९० जना निको भएर घर फर्किएका छन् ।
क्राइम अपरेशन साप्ताहिक
बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल
०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३
Email: [email protected]