चन्दन रौनियार
दुहवी । प्रदेश नं. १ को सुनसरी जिल्लामा अहिलेसम्मकै सबभन्दा बढी ६७ जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।
स्वास्थय कार्यालय सुनसरीका कोभिड–१९ संक्रमणको फोकल पर्सन सिर्जना लिङ्देनका आनुसार मंगलवार ५६ जनामा कोरोना सङ्क्रमण देखिएको थियो । आज बुधबार ६७ जना कोरोना संक्रमित थपिएको जनाए ।
थपिएका संक्रमितहरुमा ६० जना पुरुष र ७ जना महिला रहेका छन् । संक्रमित हुनेहरूमा इटहरी उपमहानगर पालिकाका ५८ जना, धरान उपमहानगर पालिकामा ७ जना, भोक्राहा गाउँपालिकामा १ जना र इनरुवा नगरपालिकामा १ जना छन् ।
इलाका प्रहरी कार्यालय धरानका एक जना थुनुवा र इटहरीका संक्रमितहरु एक उद्योगका कामदारमा कोरोना संक्रमण पुष्टी भएको छ ।
सुनसरी जिल्लामा कोरोना संक्रमितको सङ्ख्या ८ सय ३० पुगेको छ भने ३ सय ८५ जना कोरोनामुक्त भएका छन् । ६ जनाको कोरोना संक्रमणवाट मृत्यु भएको छ ।
क्राइम अपरेशन साप्ताहिक
बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल
०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३
Email: [email protected]