विराटनगर, भाद्र २० गते । कोशी प्रदेशका पहाडी तथा हिमाली जिल्लाहरुलाई प्रदेश राजधानी विराटनगरसँग जोड्न विभिन्न विमानस्थवाट उडान सुरु गर्न कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पहल शुरु गरेका छन् ।
विराटनगरमा आयोजित दोश्रो आवधिक योजना निर्माणमा सहयोग गर्ने प्राध्यापकहरुलाई प्रमाणपत्र वितरण कार्यक्रमलाई सम्बोधन गर्दै कोशी प्रदेशमा ११ वटा विमानस्थल रहेको भएपनि एक दुईमा मात्रै उडान भइरहेको भन्दै मुख्यमन्त्री कार्कीले विराटनगरबाट पहाडी र हिमाली जिल्लामा सम्भावना हेरेर उडान सुरु गर्न आग्रह गरिएको वताए ।
विराटनगर विमानस्थललाई अन्तर्राष्ट्रिय बनाए बंगलादेश र भारतका कतिपय सहरमा सिधै व्यापार प्रर्वद्धन गर्न सहयोग पुग्ने मुख्यमन्त्री कार्कीले वताउँदै तर त्यो सम्भावना अहिले नदेखिएको बताए ।
निजी क्षेत्रसँग यो विषयमा कुराकानी भइरहेको र लागत साझेदारी गर्न समेत प्रदेश सरकार तयार रहेको भन्दै २०८२ साललाई कोशी भ्रमण वर्ष बनाउने तयारी गरिएको र त्यस अघि नै केही स्थानमा हवाई उडान सुरु गर्ने तयारी भइरहेको बताए ।
कोशी प्रदेशमा सहज घुम्न आउने जनसंख्या भारत र बंगलादेशमा गरी ५ करोड बढी रहेको भन्दै उनीहरुलाई आकर्षित गर्न प्रदेश सरकारले पहल गरिरहेको र भारतबाट धार्मिक पर्यटक कोशी प्रदेशमा ल्याउन सकिने प्रशस्त सम्भावना रहेको भन्दै त्यसलाई हेरेर योजना बनाउन आवश्यक रहेको जानकारी गराए ।
कोशी प्रदेशले आइटी र कृषि क्षेत्रलाई पनि उत्तिकै महत्व दिएको भन्दै मुख्यमन्त्री काकीले भन्नुभयो – ’हामीले यी दुबै क्षेत्रमा निर्यात बढाउने सम्भावना छ, कोशी सरकार निर्यात बढाउने गरी योजना बनाएर अघि बढेको छ । पर्यटन र निर्यातबाट विदेशी मुद्रा आर्जन गर्न सकिन्छ । अहिलेको आवश्यक्ता नै त्यही भएको जिकीर गरेका थिए ।
क्राइम अपरेशन साप्ताहिक
बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल
०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३
Email: [email protected]