विरटनगर, भाद्र १९ गते । खानाका परिकार र सांस्कृतिक कार्यक्रमसहितको विराट सडक महोत्सव २०८१ विराटनगरमा हुने भएकाे छ ।
ऐतिहासिक तथा सस्कृतिक नगरी विराटनगरको ऐतिहासिकता तथा सांस्कृतिक सभ्यतालाई जीवन्त राख्दै नयाँ पीढीमा समेत पुस्तान्तरण गर्ने उद्धेश्यले साे महाेत्सव आयाेजना गर्न लागेकाे आयाेजक मन्जिना मुभिज क्रियसन प्रा.लि.का अध्यक्ष जतिन तम्रकारले पत्रकार सम्मेलन गरी वताए ।
क्रिएशनले पछिल्लो चारवर्ष यता विभिन्न जातजातिका खानाका परिकार र सांस्कृतिक कार्यक्रमसहितको विराट सडक महोत्सव आयोजना गर्दै आएको छ ।
सोही कार्यक्रमलाई यस वर्षपनि निन्तरता दिदै असाेज १७ गतेदेखि २३ गते सम्म ७ दिन महाेत्सव विराटनगरको हिमालय रोडमा आयोजना हुन लागेकाे हाे ।
३० वटा विभिन्न जातिका खानाका स्टल रहने र आफ्नै संस्कृति, परम्पराको प्रबर्द्धन गर्दै राजवंशी, मैथिल लिम्बु, नेवार लगायत अन्य जातजातिका सांस्कृतिको प्रस्तुती र दैनिकी सांगितिक कार्यक्रम र विभिन्न जातिका खानाका परिकार विराट सडक महोत्सवका मुख्य आकर्षण रहने भएकाे छ ।
साे महाेत्सवमा १५ लाख खर्च हुने भएकाे छ भने प्रत्येक स्टलकाे शुल्क २० हजार लाग्नेछ ।
विराटनगरका मात्र नभै पूर्वका विभिन्न स्थान तथा शहरका हरेक वयर्गका व्यक्तित्वहरूकाे महोत्सवमा सहभागी हुने तम्रकारले वताए ।

सम्पर्क

क्राइम अपरेशन साप्ताहिक

बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल

०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३

Email: [email protected]