जहदा, भाद्र १६ गते ।जहदा गाउँपलिका वडा नं.२ हरिनगरा टोलमा रहेको बाबा शिव मन्दिर सेवा समितिले दोस्रो वार्षिक साधारणसभा सभा भव्यताका शनिबार सम्पन्न गरेकाे छ ।
साधारणसभाका प्रमुख अतिथि नेपाल कम्युनिष्ट पार्टी जहदा गाउँपलिका अध्यक्ष जयनाथ गिरी (कृष्ण) ले पानसमा बत्ती वालेर समुद्घाटन गर्दै भने धार्मिक स्थललाई सबै जातजातिको संरक्षण गर्ने अधिकार हो । बाबा शिव मन्दिरको लागि निरन्तर सहयोग गर्न तत्पर रहने बताए ।गिरीले मन्दिर संरक्षण र सम्बर्द्धनको निम्ति १ लाख नगद सहयोग गर्ने र आजिवन सदस्य हुने घोषणा गरेकाे छ । सोही अवसरमा नेपाल कम्युनिष्ट पार्टी प्रदेश सल्लाहकार विक्रम तिवारीले धार्मिक संस्कृतिक भाषालाई आफैं संरक्षण गर्नु पर्छ । स्वास्थको लागि हामीले स्वास्थ बिमा अनिवार्य गर्नुपर्छ ।राज्यले दिएको सेवा सुविधा हामीले सदुपयोग गर्नुपर्ने वताए ।
त्यसैगरी जहदा गाउँ पालिका वडा नं. २ वडा सदस्य विगेन राजवंशी, वडा सदस्य जितेन हास्दा, भुमि पुत्र टिवीका प्रतिनिधि सुशील राजवंशी, तिर्थ कुमार राजवंशी, मो. इब्राहिम , आधारभुत विद्यालय व्यवस्थापन समितिका अध्यक्ष देवचरन राजवंशी, बाबा शिव मन्दिर सेवा समिति सल्लाहकार धर्मेन्द्र राजवंशी, तेजनारायन राजवंशी, पन्चलाल राजवंशी लगायतले वार्षिक साधारण सभाको सफलताको शुभकामना व्यक्त गरेका थिए ।
आर्थिक वर्ष २०८०/२०८१ मा बाबा शिव मन्दिर सेवासमितिको सम्पत्ति दायित्व ५० हजर ४ सय ५० रुपैयाँ ७५ पैसा रहेको छ । आन्दानी २५ हजार २ सय ६० पैसा रहेको छ । खर्च ३० हजार ५ सय ५० रुपैयाँ खर्च गरेको छ भने ५५ हजार ७ सय १ रुपैयाँ १० पैसा कारोवार गरेको वार्षिक प्रतिवेदनमा उल्लेख गरेको छ ।
खुल्लासत्र पछि वन्द सत्रमा बाबा शिव मन्दिरको कार्यक्षेत्र जिल्ला भरी भनाएकोमा यसवाट हुने फाईदा र वेफाईदाका वारेमा छलफल गरी संस्थालाई अगामी दिनमा अझ मजबुत वनाएर लाने भन्दै मन्दिरको आजिवन सदस्य, साधारण सदस्य मनार्थ सदस्यहरूबाट आय आर्जन गरि मन्दिरलाई अझ साैन्दरीकरण विषयमा छलफल भएकाे थियो ।
प्रथम आजिवन सदस्य बिजय राजवंशी, प्रथम साधारण सदस्य शुभाष राजवंशीलाई मन्दिर समितिले शुभकामना दिएका थिए । बाबा शिव मन्दिर सेवा समिति सचिब उमेश कुमार राजवंशी ले कार्यक्रम संचालन गरिएको थिए ।
बाबा शिव मन्दिर सेवा समिति अध्यक्ष राजेश कुमार राजवंशीको अध्यक्षतामा साधारण सभा सम्पन्न भएकाे थियो ।
क्राइम अपरेशन साप्ताहिक
बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल
०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३
Email: [email protected]